१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सम्बन्धनमा चलखेल भएको भन्दै कलेज सञ्चालक विरोधमा

भक्तपुरको न्यात्पोल कलेज, आविस्कार नेसनल कलेज, नेपाल कलेज, नेपालगञ्ज एकेडमी अफ म्यानेजमेन्ट एन्ड आइटी, वेदान्त कलेज, भादगाउँ कलेज, भक्तपुर कलेज अफ टेक्नोलोजी, एकता कलेज, श्रीराम कलेजलगायत विरोधमा उत्रेका छन्।

कांग्रेसको राष्ट्रिय शिक्षा नीति: प्रधानमन्त्री कुलपतिबाट हटाउने प्रस्ताव

विश्वविद्यालयमा ११ मिनेट पनि समय दिन नसक्ने व्यक्ति देशका ११ वटा विश्वविद्यालयको कुलपति बन्न उचित नहरेको प्रस्तावसहित नेपाली कांग्रेसले राष्ट्रिय शिक्षा नीति सार्वजनिक गरेको छ।

समावेशी शिक्षासम्बन्धी सम्झौता

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष)शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय नर्वेसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

निजी कलेज संचालकहरुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई बुझाए चाबी

चिकित्सा शिक्षा आयोगले संचालन गरेको मेडिकलतर्फका एकीकृत प्रवेश परीक्षामा नर्सिङ र फार्मेसीतर्फ सिट सख्या भन्दा थोरै विद्यार्थी उत्तीर्ण भएपछि निजी मेडिकल कलेज संचालकहरुले कलेजका चाबी आयोगलाई बुझाएका छन्।

विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलबभत्ता

मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ। यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ।

शिक्षामा विश्व बैंकले ७ अर्ब ऋण दिने

अर्थ मन्त्रालयमा बिहीबार आयोजित समारोहमा सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे।

शिक्षामा व्यापारिक व्यवधान

आजको २१औँ शताब्दी सूचना, विज्ञान प्रविधिको युग भएकाले नेपालले पनि त्यसलाई आत्मसात गरी अगाडि बढ्नुपर्छ।

प्रधानमन्त्रीलाई कोमल वलीको प्रश्नः शिक्षा मन्त्री नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो?

'भागबन्डा नमिलेर हो की शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको प्रत्यक्ष असर शिक्षा षेत्रमा परेको छ', उनले भनिन्, '४ लाख बढी विद्यार्थीहरुले परीक्षामा बस्न पाएका छैनन्। उनीहरुको पढाइ मात्रै क्लास बढाएर भइरहेको छ, जाँच दिन पाएका छैनन् उनीहरुको भविष्य अन्धकार छ।'

साविक उच्च माविमा तीन दशकसम्म स्थायी शिक्षक शून्य

२०५७/०५८ मा प्रविणता प्रमाणपत्र तह खारेज गरि साविकका उच्च माविका शिक्षकलाई दरबन्दीमा नियुक्त गर्ने सरकारले निर्णय गर्‍यो। तर उच्च मावि सञ्चालन भएको ३१ वर्ष पूरा हुँदा समेत साविकका उक्त तहका शिक्षकहरू एकजना पनि स्थायी दरबन्दीमा छैनन्।

शिक्षालय नै विभेदका अखडा!

नेपालको शिक्षा प्रणाली एकथरी मानिसलाई सधैँ सम्पन्न र अर्काथरी मानिसलाई संधैभरि विपन्न बनाइरहने प्रकृतिको देखिन्छ।

‘भरपर्दो मास्क लगाऔं कोरोनाबाट बचौं’

राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रकी प्रशिक्षक शीला श्रेष्ठले मास्क राम्रोसँग नलगाउने, मास्क चिउँडोमा लगाउने, मास्क धोएर लगाउने जस्ता गलत काम भइरहेको पाइएको बताइन्। नेपालमा मास्कको गलत प्रयोग भइरहेका कारण पनि मास्क सप्ताह आयोजना गर्नुपरेको उनले बताइन्।

विद्यालयको बदमासी ढाकछोप गर्न एसइईको नतिजा गोप्य

विद्यालयले आफू अनुकुल विद्यार्थीलाई नम्बर दिएका थिए। त्यहीँ भएर २०७२ सालदेखि सुरु भएको ग्रेडिङ प्रणालीको नतिजामा २०७३ मा दुई/चार विद्यार्थीले मात्रै जिपिए ४ ल्याएका थिए। तर यस पटक हजारौं विद्यार्थीको जिपिए ४ आएको र विद्यालयको बदमासी भएको शिक्षाविद कोइरालाले बताए।

कोभिड र फेरिएको शिक्षा प्रणाली

सबै विश्वविद्यालय किंकर्तव्यविमुढ अवस्थामा रहेका बेला नेपालमा नै पहिलो पटक सुदूरपश्चिम विश्वविद्यालयले वैकल्पिक विधिबाट परीक्षा गर्ने निर्णय गर्‍यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्