१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयन गर्न माग

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ।

कोरोनाले चलचित्र उद्योग धरासायी, पुनरुत्थान कार्यक्रम माग

चलचित्र उद्योगमा कार्यरत हजारौँ मानिस बेरोजगार भई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ हुन थालेको चलचित्र निर्माताको गुनासो छ। बन्दाबन्दीअघि तयार भएका धेरै चलचित्र भए पनि प्रदर्शन हुन पाएका छैनन्। आगामी आर्थिक वर्षको बजेटमा चलचित्र उद्योगसम्बन्धी नीतिगत स्पष्टता नआएकाले त्यसलाई सच्याउनसमेत माग गरिएको छ।

मन्त्रिपरिषद् विस्तार बदर माग गर्दै रिट

मन्त्रिमण्डल विस्तार बदर गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। प्रतिनिधिसभा भंग गर्दै चुनाव तोकेर कामचलाउ बनेको सरकारले मन्त्रिमण्डल विस्तार गर्नु संविधानविपरीत भएको दाबी रिटमा गरिएको छ।

सबै वकिललाई कोरोनाको खोप उपलब्ध गराउन माग

कानून व्यवसायी तथा पूर्वकानूनमन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई बधाई तथा ज्ञापनपत्र दिँदै डिएलएले कानून व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो।

अध्यक्ष ओलीद्वारा शाहसँग ४८ घण्टे स्पष्टीकरण माग

पार्टी निर्णय विपरीत सुदूरपश्चिम प्रदेशमा नेकपा(माओवादी केन्द्र) नेतृत्वको सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेका छन्।

प्रदेश बजेट २०७८/०७९ मा खेल क्षेत्र: मागेको आधा मात्रै आश्वासन

बजेट माग १ अर्ब हो । तर ५० करोड छुट्ट्याउने आश्वासन छ। आश्वासनअनुसार नै खेलकुद क्षेत्रलाई छुट्टिन्छ,’ स्रोतले भन्यो, ‘यो वर्षको बजेटमा गत वर्षको केही शीर्षकलाई भने हटाइएको छ।’

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न देउवाको माग

बिहीबार राति बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण भएपछि शुक्रबार विहान देउवाले सामाजिक सञ्जालमार्फत घटनाको छानविन गरी कारबाही गर्न माग गरेका हुन्।

भेरी अस्पतालमा चिकित्सकहरुको आन्दोलन (फेटोफिचर)

चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन्।

होटल व्यवसायलाई जोगाउन होटल संघको माग

होटल संघ नेपाल (हान)ले होटललाई कोरोनाले सिर्जना गरेको विषम परिस्थितिमा होटल व्यवसायलाई जोगाउन प्रचलित नीति–नियम र कानुनी प्रावधानहरू स्थगन गर्दै सकारात्मक विभेद सहितको विशेष नीति अख्तियार गर्न सरकारसँग माग गरेको छ।

अल्कोहलको कुनै पनि मात्रा दिमागका लागि हानिकारक

हरेक साता अल्कोहलको सेवन अत्यधिक मात्रामा गर्ने मानिसको दिमागको घनत्व कम हुने गरेको अध्ययनले देखाएको छ। सम्बन्धित व्यक्तिको आनीबानी तथा जैविक विशेषताको समेत लेखाजोखा गरिएको उक्त अध्ययनले अल्कोहलले दिमागको आयतनलाई शून्य दशमलव ८ प्रतिशतसम्म घटाएको देखिएको छ। दिमागको आयतनमा देखिएको यो ह्रास सानो देखिए पनि जोखिमका अन्य परिवर्तनीय कारकभन्दा यसको योगदान बढी देखिएको छ।

पाल्पाको रामपुरले खोप खरिदका लागि सरकारसँग माग्यो अनुमति

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई कोरोना खोप खरिदका लागि अनुमती दिन आग्रह गरे।

कोभिड युनिट अस्पताललाई लायन्स क्लवको सहयोग

लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि १ ले लेखनाथस्थित कोभिड युनिट अस्पताललाई ५० बेडसहित आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्रीको पुनः सपथ मागसहित रिट

ओलीले तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भई सपथ लिने क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सपथको क्रममा ‘प्रतिज्ञा गर्छु’ दोहोर्‍याउँदा पनि प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्ने उत्तर दिएका थिए। यसबाट राष्ट्रपतिको पनि मानमर्दन भएको भन्दै रिटमा पुनः सपथ गराउन आदेश माग गरिएको छ।

शिक्षकद्वारा लकडाउनको तलब व्यवस्था गर्न माग

संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई निजी विद्यालयहरूले यस पटक पनि कोभिडको निहुँमा फागुनदेखि नै तलब नदिएको शिक्षकहरूले गुनासो गरेका छन् । उनीहरूले निजी विद्यालयका शिक्षकले कम पारिश्रमिकमै दिनरात काम गरे पनि विद्यालयहरूले यस पटक पनि फागुनदेखि नै तलब नदिएको सरकारसँग गुनासो गरेका छन् ।

कर तिर्ने समय थप्न माग

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले पनि कर तिर्ने समय थप गर्न अनुरोध गरेका थिए। महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्