१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कर तिर्ने समय थप्न माग

निजी क्षेत्रका अन्य संगठनले जस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि कर तिर्ने समय ६ महिना सार्न माग गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले पनि कर तिर्ने समय थप गर्न अनुरोध गरेका थिए। महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा भएको बताएको छ। 

महासंघले पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु, घरेलु तथा साना उद्योग बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु राख्न उद्यमीले काम गरिरहेको बताएको छ। महासंघका अनुसार  विभिन्न तहमा रहेका सदस्य उद्यमीमध्ये १८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् भने १ सय १९ जना संक्रमित भई उपचारमा छन्।

महासंघले केही बैंकहरूले उद्योग, व्यवसाय कर्जामा अत्यधिक ब्याज लगाई उद्यमी, व्यवसायीलाई मर्माहत पारिरहेको आरोप लगाएको छ। कोभिड प्रकोपको यस परिस्थितिमा व्यावसायिक वातावरण कायम राख्न बैंक तथा वित्तीय संस्थासँग महासंघको आग्रह छ।

राष्ट्र बैंकले प्रस्ताव गरेको पुनर्कर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानले आफ्ना उद्यम, व्यवसायमा काम गर्ने कामदारलाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रूपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम, व्यवसायले मात्रै पुनर्कर्जा पाउने भन्ने व्यवस्था लघु, घरेलु तथा साना व्यवसायीको हकमा लागू हुने अवस्था नरहेको महासंघको दाबी छ।

प्रकाशित: २३ वैशाख २०७८ ०३:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App