१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोभिड युनिट अस्पताललाई लायन्स क्लवको सहयोग

लायन्स क्लबले सहयोग सामानको लिष्टसहितको पत्र मेयर जिसीलाई हस्तान्तरण गर्दै । तस्बिर नागरिक

लायन्स क्लव अफ इन्टरनेशनल ३२५ वि १ ले लेखनाथस्थित कोभिड युनिट अस्पताललाई ५० बेडसहित आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महानगरपालिकासँग कोभिड युनिट सञ्चालनमा सहकार्य गर्ने जनाउँदै लायन्स क्लबले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । लायन्स क्लब ३२५ बी १ का पूर्व गर्भनर धनराज आचार्यले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई सामाग्री हस्तान्तरण गरेका हुन् ।  

‘महानगरसँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित कोभिड युनिटलाई सामान हस्तान्तरण गर्यौं,’ पूर्व गर्भनर धनराज आचार्यले भने ‘आवश्यकता अनुसार आगामी दिनमा पनि सहकार्य गर्दै सामान सहयोग गर्ने छौं ।’ उनका अनुसार कोभिड युनिटको लागि ५० बेड (१० बेड मिनि आईसियुको लागि), नौवटा अक्सिजन कन्सन्टे«टरसहित सामान उपलब्ध गराइएको छ । पाँच भेन्टिलेटर र हाईफ्लो अक्सिजन मेसिन केही दिनभित्रै आईपुग्ने उनले जानकारी दिए । ‘लायन्स क्लब अफ इन्टरनेशनलको आपतकालिन कार्यक्रम अन्तर्गत सामान आएका हुन्,’ उनको भनाई थियो ।  

उनका अनुसार अस्पताललाई आवश्यक सबै खाले उपकरण एवं मेसिनरी सामान लायन्सले दिदैं जानेछ । महानगरपालिका र प्रदेश सरकारले ५० बेड राख्ने छन् । महानगरपालिकाले १ सय बेडको लागि आवश्यक अक्सिजन पाईपलाईन जडानको काम गरिरहेको छ । ‘सबै बेडमा अक्सिजन पाईपलाईन जडान गर्दैछ । शनिबारसम्म पाईपलाईनको काम टुंगिनेछ’ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने, ‘ढिलोमा एकसाताभित्र अस्पताल सञ्चालनमा आउँछ ।’  

महानगरपालिकाले पोखरामा दैनिकजसो कोभिड संक्रमितको संख्या बढ्दै गएपछि लेखनाथ नगरपालिकाको साविक नगरपालिका भवन(हाल पोखरा–२७ वडा कार्यालय)लाई कोभिड युनिट अस्पताल बनाउने निर्णय गरेको थियो । महानगरको निर्णयलाई लायन्स क्लबले समेत सहकार्य गर्ने प्रतिबद्धता जनाएको थियो । प्रतिबद्धता अनुसार सामान अस्पतालमा आईपुगेको हो । महानगरपालिकाले अस्पतालमा अक्सिजन पाईपलाईन विस्तार गर्न २५ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।  

कोभिड युनिट अस्पताल महानगरपालिकाको शिशुवा अस्पताल अन्तर्गत रहने छ । कोभिडपछिको अवस्थामा उक्त कोभिड युनिटलाई जनरल अस्पतालमा रुपान्तरण गरिनेछ । ‘अहिले कोभिड युनिट चल्छ । पछि जनरल अस्पतालमा रुपान्तरण हुन्छ’ महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले भने, ‘अस्पतालकै लागि सबै पूर्वाधार बनाएपछि फेरी वडा कार्यालय बनाईदैन् । अस्पतालकै रुपमा रहन्छ ।’ साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको थियो । 

प्रकाशित: ७ जेष्ठ २०७८ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App