१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति र प्रधानमन्त्रीको अर्को असंवैधानिक कदम

यसअघि संसद् विघटन र संसद् सदस्य नभएका व्यक्तिलाई मन्त्री बनाउँदै असंवैधानिक काम भएको भनी सर्वोच्च अदालतले दुईपटक बोलिसक्दा पनि फेरि अर्को त्रुटिपूर्ण कदम चाल्नुलाई गम्भीरतापूर्वक लिइएको छ।

असंवैधानिक कदमको विरोधमा विभिन्न पार्टी तथा कानुनविदद्वारा विरोध, मागे राष्ट्रपतिको राजीनामा

विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गरेको राष्ट्रपतिको कदमको विरोधमा विभिन्न पार्टी, कानुनविद् र अधिकारकर्मीले विरोध जनाएका छन्।

असंवैधानिक कदमविरुद्ध मतदान: कांग्रेस

कांग्रेस केन्द्रीय समितिको बैठकले पनि असंवैधानिक र प्रतिगमनविरुद्ध माओवादीसँग मिलेर जाने निर्णय गरेको थियो। सोहीअनुसार कर्णालीमा कांग्रेसले मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेको जनाएको छ।

सके आफैं टिक्ने नभए निर्वाचनमा जाने ओली दाउ

पार्टीभित्रको आन्तरिक विवादले कमजोर बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलको समर्थनमा सरकारमा टिकिराख्ने रणनीतिमा पुगेका छन्। पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री ओली सरकारमा टिक्ने नयाँ उपायको खोजीमा जुटेका हुन्।

निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम होइनः नेता नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुवास नेम्वाङले निर्वाचन घोषणा गर्ने काम प्रतिगामी कदम नभएको बताएका छन्।

प्रधानमन्त्रीको कदमले देश गृहयुद्धतर्फ: किराँती

विराटनगरमा शनिबार आयोजित मजदुर किसान सुकुमबासी जागरण अभियानमा कार्यक्रममा बोल्दै किराँतीले ओलीको तानाशाह प्रवृतिका कारण देशलाई अस्थिरतातर्फ धकेलेको बताए। माओवादीका तीन जना नेताले ओलीलाई महाराज बनाएको आरोप लगाए।

सबै उस्तै हुन् र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेयताको समय उद्वेलित भएको छ । मुलुकको ठूलो तप्कालाई प्रधानमन्त्रीको यो काममा चित्त बुझेको छैन ।

'प्रतिगामी कदमविरुद्ध राप्रपाले आन्दोलन गर्छ'

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्वमन्त्री हरिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम प्रतिगमन भएको बताएका छन्। पार्टी संगठन निर्माणको क्रममा गृहजिल्ला उददयपुर आएका पूर्वमन्त्री बस्नेतले पत्रकारहरूसँग कुराकानी गर्दै ओलीको प्रतिगामी कदमविरुद्ध राप्रपा सशक्त आन्दोलनमा उत्रेको बताए।

संसद विघटनविरुद्धको आन्दोलन : चलायमान कांग्रेस

जिल्लास्तरीय विरोध सभा हुँदै कांग्रेसको सडक संघर्ष बिहीबार मात्रै वडातहमा पुगेर सकिएको छ। वडा तहसम्म आन्दोलन मार्फत पुगेको कांग्रेसमाथि आशंकाका प्रश्न भने कार्यकर्ता तहबाट उब्जिए ‘हाम्रो लाईन संसद पुनर्स्थापना कि चुनाव ?’ नेतृत्वको आगामी ‘साझा निर्णय’ले मात्रै कार्यकर्तातहबाट उब्जिएको यो प्रश्नको जवाफ दिन सक्ला।

सम्राटको नयाँ लुगा सम्झाउने प्रधानमन्त्रीको कदम

राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन्।

‘असंवैधानिक कदम नसच्याएसम्म विरोध’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन गरेको छ।

संसद् पुनःस्थापनाको मुद्दा जनताको तहमा : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पुनःस्थापनाको मुद्दा खाली अदालतमा मात्रै गएको नभई सडकमा समेत पुगेको बताएका छन्। उनले प्रधानमन्त्रीको असंवैधानिक कदम जनताको तहमा पनि गएको बताउँदै सडकसम्म पुगेको बताएका हुन्।

प्रधानमन्त्रीको कदम संवैधानिक 'कू': डा. शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले संवैधानिक 'कू' गरेको बताएका छन्। नेपाल प्रेस युनियन मोरङले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा कोइरालाले संविधान विपरित प्रधानमन्त्रीले चालेको कदम संवैधानिक 'कू' भएको बताएका हुन्।

ओलीको कदमले संविधानको मर्म र भावनाको हत्या: सांसद राजेन्द्र श्रेष्ठ

जनता समाजवादी पार्टीका नेता तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावनाको हत्या गरी 'कू' गरेको बताएका छन्। उक्त कुरा उनले आफ्नो फेसबूक स्टाटसमा लेखेका हुन्।

ओली कदमले नेकपा संकटमा

आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्