४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

असंवैधानिक कदमको विरोधमा विभिन्न पार्टी तथा कानुनविदद्वारा विरोध, मागे राष्ट्रपतिको राजीनामा

विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गरेको राष्ट्रपतिको कदमको विरोधमा विभिन्न पार्टी, कानुनविद् र अधिकारकर्मीले विरोध जनाएका छन्।  

आजै मन्त्रिपरिषद्को बैठकमार्फत् राष्ट्रपति कार्यालयले सूचना प्रकाशित गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि जेठ ७ गते साँझ ५ः०० बजेसम्म प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्यलाई आह्वान गरेको हो।

यसै सन्दर्भमा नेपली कांग्रेसले राष्ट्रपतिको कदमलाई असंवैधानिक भन्दै नेपाली काँग्रेसले भोलि बिहान आकस्मिक बैठक बोलाइएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबारबार विहान पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठकका लागि बोलाइएको ​देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

यस्तै, विवेकशील साझा पार्टीका तर्फले पनि संविधानको रक्षा गर्ने दायित्व रतिभर ख्याल नगर्ने राष्ट्रपति भण्डारीले तत्काल पदबाट राजीनामा दिनु पर्ने चेतावनी दिएकोछ। राष्ट्रपतिले पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर पदमुक्त गर्न संसद्‌मा रहेका दल र सांसदलाई आह्वान समेत गरेको छ।

त्यसैगरि संविधानविद् भिमार्जुन आचार्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनु पूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक व्यवस्था नभएको बताएका छन्।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने बताएका छन्।  

जनता समाज पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि भनका छन्, 'खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो। कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावको अंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डितरपरास्त गरौं।सबैले दलीय रनिजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा७६९५०बाटै निकास दिऊॅ!'

प्रकाशित: ६ जेष्ठ २०७८ १६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App