२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बुधबार

समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद् भवनको ल्होत्से कक्ष बानेश्वरमा अपराह्न २ः३० बजे बैठक बस्न लागेको हो।

इजरायल–प्यालेस्टाइन द्वन्द्व: त्रासमा नेपाली समुदाय, बंकरमा बास

प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले इजरायललाई लक्षित गर्दै ठूलो संख्यामा रकेट प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ। गत सोमबारयता दुईतर्फी आक्रमणमा परी एक सय ८४ जनाको ज्यान गइसकेको छ।

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ।

अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न काँग्रेसको माग

सभापति देउवाले प्रेस विज्ञप्तिमार्फत् जिल्ला जिल्लाका अस्पतालमा तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधिको व्यवस्था गर्न समेत माग गरेको छ।

कोरोना संक्रमितलाई उपचारबाट बञ्चित नगर्न बाँके कांग्रेसको आग्रह

नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले यस्तो आग्रह गरेको हो ।

'पत्रकारको स्वास्थ्य तथा पेशागत सुरक्षा मुख्य चुनौती'

कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरले विश्वको हरेक क्षेत्र, तह–तप्कालाई आक्रान्त बनाएको पृष्ठभूमिमा नेपाली पत्रकार र पत्रकारिताको अवस्था जर्जर बनिरहेको छ ।

कांग्रेसले बोलायाे पदाधिकारी बैठक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।

ओली सरकारलाई विश्वास मत दिन्नौः देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार तीन वर्षमा असफल भएको बताउँदै बर्तमान सरकारको विपक्षमा मतदान गर्ने बताएका छन्। यो सरकारले विश्वासको मत पाउन नसक्ने बताउँदै धारा ७६ (२) बमोजित अगाडी बढ्ने कांग्रेसको धारण रहेको बताए।

बेलायतको स्थानीय निर्वाचनमा तीन गैरआवासीय नेपालीलाई सफलता

बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा थप दुई जना गैरआवासीय नेपालीहरु विजयी भएका छन्।

औषधिमा भ्रष्टाचार अक्षम्य अपराध : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी नियन्त्रण र रोकथामका लागि सरकारले ध्यान नदिँदा जनताले अस्पताल खोज्दाखोज्दै एम्बुलेन्समा ज्यान गुमाउने अवस्था आएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले शुक्रबार विज्ञप्ति जारी गर्दै पर्याप्त समय हुँदाहुँदै पनि सरकारले जनताप्रतिको न्यूनतम जिम्मेवारी बोध नगरेको आरोप लगाएका छन् ।

ओलीलाई असफल पार्न देउवा–दाहाल सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ ।

'शव ब्यवस्थापनमा शत प्रतिशत सुरक्षाको विधि अपनाउँछौं'

नयाँ भेरियन्टसहित दोस्रो चरणमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणको अवस्था झन् भयावह छ । नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि अहिले दैनिक रुपमा ८ देखि १६ जनाको मृत्यु भइरहेको छ ।

महामारीमा नागरिकको उपचार निःशुल्क गर्न माग

कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै उनले सरकारको जुनसुकै कोषमा रहेको रकम नागरिकको जीवन रक्षाका लागि खर्च गर्नुपर्ने बताएका हुन्।

लुम्बिनी प्रदेश : बिपक्षी गठबन्धनले माग्यो मुख्यमन्त्रीको राजीनामा

चारै दलका प्रमुख सचेतक तथा सचेतकहरुले अल्पमतमा परेका मुख्यमन्त्री पोखरेललाई नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिन माग गरेका छन् ।

कोरोना नियन्त्रणमा सरकार असफल : नेपाली काँग्रेस

वर्तमान सरकारको चरम लापरवाही, गैरजिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण देशको राजनीति अनिश्चित, अन्योल र संकटग्रस्तमात्र नभई कोरोना १९ महामारीका कारण मानवीय जीवनको रक्षा गर्न सरकार असक्षमसमेत भएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्