coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न काँग्रेसको माग

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरेको छ।

सभापति देउवाले प्रेस विज्ञप्तिमार्फत्  जिल्ला जिल्लाका अस्पतालमा तत्कालका लागि आवश्यक अक्सिजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न समेत माग गरेको छ।  

कोभिड-१९ को संक्रमणले उग्र रुप लिइरहँदा देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सिजन, भेन्टीलेटरसहितका आईसीयू बेड र औषधिको अभाव भएको जनाउँदै उनले सरकार सो विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार नदेखिएको बताए।

उनले अहिलेको विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरिदिन पनि विज्ञप्तिमार्फत् अपील गरेका छन्।

प्रकाशित: ३१ वैशाख २०७८ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App