नेपाली भन्दै भारतीय सुन बिक्री
महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ ।
महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ ।
नेपाली सेनाको सहयोगमा फिल्म ‘नालापानी’को छायांकन गरिएको छ । राजधानीको विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म गत शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाली सेनाको ‘गोरख गण’को मैदानमा छायांकन गरियो।
नेपाली बगानमा उत्पादित कफीले अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जा पाएको छ । लेकाली कफी स्टेट नुवाकोटमा फलेको कफी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल स्थापित भएको हो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले आउँदो सिजन क्यानेडियन लिग खेल्न तीन नेपाली खेलाडी लाने बताएका छन्।
फुटवेयर बिजनेस एक्स्पो–२०७४ माअवलोकनकर्ताको भीड लागेको छ । काठमाडौंको भृकुटीमण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनअफ नेपालको आयोजना र नेपाली जुत्ताघरको सहआयोजनामा सुरु भएको मेला २८ गतेसम्म चल्ने छ।
गत जेठ २२ देखि २६ गतेसम्म स्पेनिस माहारथी रियाल मड्रिडको रियाल मड्रिड फाउन्डेसन प्रशिक्षणमा उत्कृष्ट छानिएका नेपालका युवा खेलाडी विदितमान तुलाधार क्लबले दिने प्रशिक्षणका लागि सिंगापुर जाने भएका छन्।
भारतको मुम्बई थाणेँस्थित एक घरमा चोरी गरेर भागेको आरोपमा एक नेपालीलाई सुर्खेतबाट पक्राउ गरिएको छ।
अमेरिका एउटा समिश्रित देश मानिन्छ जहाँ संसारभरका मानिस बसोबास गर्दै आएका छन्। त्यसकारण यसलाई अंग्रेजीमा मेल्टिङ पट याने पग्लिरहने भाँडाका रूपमा चित्रण गरिन्छ।
नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले नेपाली चिनी मिलले भारतमा नबिकेको गुणस्तरहिन उखु सस्तो मूल्यमा किनेको आरोप लगाएका छन् । केही नेपाली मिलले विचौलिया प्रयोग गरेर भारतबाट कम गुणस्तरको उखु किनिरहेको मैनालीले आरोप लगाए । मिलले साढे ९ अर्ब रुपैयाँ स्थानीय किसानलाई भुक्तानी गर्न बाँकी छ।
नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
वैदेशिक रोजगारीको लागि ओमन पुगेका ११ जना नेपालीलाई उद्धार गरिएको छ। नेपाली राजदूतावास ओमनले सम्झौता बमोजिमको सुविधा नपाएर दुःख पाएका ११ जनाको उद्धार गरेर नेपाल पठाएको हो। उनीहरुले दूतावाससँग नेपाल फर्किनको निमित्त सहयोग मागेका थिए।
टोकियोबासी नेपालीहरूले रंगहरूको पर्व फागु अर्थात् होली पर्व मनाएका छन्। आइतबार टोकियोको शिन ओकुबोस्थित तोयामा पार्कमा भेला भएका नेपालीहरूले होली पर्व मनाएका हुन्। एक आपसमा सप्तरंगी रङ दलेर खुसी साटासाट गरि होली पर्व उत्साहका साथ मनाईरहँदा जापानी नागरिकहरू अनौठो मानेर हेरीरहेका थिए।
स्वदेशमा रोजगारी पाइएन भन्दै युवायुवती विदेश पस्ने क्रम जारी रहेको बेला नेपालमा रोजगारीका लागि आउने विदेशीको संख्या बर्सेनि बढ्दो छ । विश्वमा विकसित अमेरिका, बेलायत जस्ता मुलुकका नागरिक पनि रोजगारीका लागि नेपाल आउने गरेका छन्।
कालापानी र लिपुलेक सीमा अतिक्रमण भएको दार्चुला जिल्लामा भारतीय पक्षले फेरि सीमामा ज्यादती गरिहेको खुलेको छ। भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको छ।
राजधानीको बानेश्वर र महाराजगन्जमा नेपाली प्रविधिमा आधारित ट्राफिक बत्ती जडान सुरु भएको छ । सडक विभाग र काठमाडौँ महानगरपालिकाको अगुवाइमा यी स्थानमा ट्राफिक बत्ती जडान थालिएको हो । ट्राफिक बत्ती जडान अन्तिम चरणमा पुगेको छ।