७ वैशाख २०८१ शुक्रबार
समाज

ओमानबाट ११ नेपालीको उद्धार

काठमाडौं- वैदेशिक रोजगारीको लागि ओमन पुगेका ११ जना नेपालीलाई उद्धार गरिएको छ। नेपाली राजदूतावास ओमनले सम्झौता बमोजिमको सुविधा नपाएर दुःख पाएका ११ जनाको उद्धार गरेर नेपाल पठाएको हो। उनीहरुले दूतावाससँग नेपाल फर्किनको निमित्त सहयोग मागेका थिए।

उनीहरु ओमानको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि हनेष्ट ओभरसिजबाट २० जना रोजगारीका लागि गएका थिए।

उद्दार गरेर नेपाल पठाइएकामा रविन्द्र कुमार चौधरी, बसन्त गिरी, रेशम कुँवर,शेरबहादुर खत्री क्षेत्री, कुमार चौहान क्षेत्री, रत्नजंग राई, खीमबहादुर थापा मगर, गोकर्ण त्रिपाठी, राम ललित कुमार यादव, थके बुढा र यमबहादुर चौहान रहेका छन्।

उनीहरुले काम गर्ने भनिएको कम्पनीबाट करिव १६५ कि.मी. टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा राखिएको ठाउँमा स्थलगत अनुगमन गरी दूतावासले उद्धार गरेको हो। सम्वन्धित कम्पनीहरूलाई कानून बमोजिम कारवाहीका लागि सम्वन्धित निकायहरूमा सिफारिश गरी पठाएको दूतावासले जनाएको छ।

अन्य ९ जना पीडित नेपाली कामदारहरूको समस्या समाधान एवं स्वदेश फिर्तिका लागि दूतावासले प्रयास जारी राखेको जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७४ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App