६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भारतमा चोरी गरेको आरोपमा सुर्खेतबाट एक नेपाली पक्राउ

काठमाडौं – भारतको मुम्बई थाणेँस्थित एक घरमा चोरी गरेर भागेको आरोपमा एक नेपालीलाई सुर्खेतबाट पक्राउ गरिएको छ।

इन्टरपोल नेसनल व्युरो (एनसीबी) भारतले नेपालको एनसीबीलाई चोरी गरेर भागेका नेपालीलाई पक्राउ गर्नभन्दै पठाएको अनुरोध पत्रका आधारमा सुर्खेतको बराहताल गाउँपालिकाका कर्णबहादुर शाहीलाई चैत १३ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चर्तुवेदीले बताए।

एसपी चर्तुवेदीले भने, ‘अहिले उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतका राखेर आवश्यक सोधपुछ गरिरहेका छौं।’

विभिन्न सञ्चार माध्यममा बैंक लुटिएको घटनासँग यस घटनालाई जोडेर समाचार आए पनि यो भिन्न प्रकृतिको घटना भएको एसपी चर्तुवेदीले जानकारी दिए।  

करिब तीन साता अघि ‘हाउस ब्रेकिङ्’ गरी करिब २७ लाख चोरी गरी भागेको आरोपमा भारतमा केही नेपालीलाई पक्राउ गरेको थियो। पक्राउ परेका अन्यले दिएको बयानको आधारमा भारतीय प्रहरीले भारतस्थित इन्टरपोल व्युरोलाई शाहीलाई पक्राउ गर्नको लागि सहयोगको अपिल गरेको थियो।

सोही अपिललाई कार्यान्वयन गर्दै भारतस्थित इन्टरपोल व्युरोले नेपालको इन्टरपोल व्युरोलाई पक्राउ गरी सहयोग गर्न आग्रह गरेको थियो। एनसीबीले तत्कालै अनुसन्धान थालेको र शाहीलाई सुर्खेतबाट पक्राउ गरिएको हो।

 

 

 

प्रकाशित: १६ चैत्र २०७४ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App