३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

‘जेनेटिक मेमोरी’ले नेपालीहरु परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्तः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको ४२ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्वान पूर्खाका सन्तान भएकोले जेनेटिक मेमोरिले नेपालीलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको जिकिर गरे।

धर्म स्वतन्त्र हुनुपर्छ : कोइराला

नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले कांग्रेसले कहिले पनि हिन्दु राष्ट्र हुनुपर्छ नभनेको बताएका छन्। उनले धर्म स्वतन्त्र हुनुपर्छ भन्दै कांग्रेसको चाहाना धार्मिक स्वतन्त्रता नै प्रमुख रहेको बताएको छ। कांग्रेसको झन्डाको चार तारामा एक तारा धर्म स्वतन्त्रताको प्रतिक हो।’

अस्थायी टहरा निर्माण थाल्यो सेनाले

हावाहुरी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिकामा नेपाली सेनाले पीडितका लागि स्थायी टहरा निर्माण सुरु गरेको छ। फेटा गाउँपालिका १, ३ र ६ मा भत्किएका संरचना हटाएर सेनाले टहरा निर्माणको काम सुरु गरेको हो।

बारा पुगेर नेता खतिवडाले भने – अवस्था हामीले कल्पना गरेभन्दा बाहिर छ

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले हावाहुरीबाट प्रभावित क्षेत्र कल्पना बाहिर रहेको बताएका छन्।

हावाहुरी पीडितलाई कांग्रेस सांसदले दुई दिनको तलब दिने

कांग्रेस संसदीय दलको सोमबारको बैठकले बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहतस्वरुप पार्टीबाट संघीय संसदबाट प्रतिनिधित्व गर्ने सांसदहरुको २ दिनको तलब बराबरको रकम सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए।

हावाहुरीमा घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइदै

बारा र पर्सामा आइतबार आएको हावाहुरीमा घाइते भएका ६ जनालाई काठमाडौं ल्याइएको छ। नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार हुन नसकेपछि उनीहरुलाई नेपाली सेनाको हेलिप्टर मार्फत काठमाडौं ल्याइएको नेपाली सेनाका प्रवक्ता एम ढकालले बताए।

पाँच हजार २ सय ११ खेलाडी सहभागी हुने

वि.सं. २०३८ सालदेखिको इतिहास बोकेको नेपाली खेलकुदको महाकुम्भ राष्ट्रिय खेलकुदको आठौं संस्करणमा पाँच हजार २ सय ११ खेलाडीले ३ सय ७२ स्वर्ण पदकका लागि चुनौती प्रस्तुत गर्ने भएका छन्।

‘कांग्रेसमा अब गुट रहँदैन’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काग्रेसमा एकताको खाँचो रहेको बताएका छन्। नेपाली कांग्रेस गुल्मीको ऐतिहासिक प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्न गुल्मी आएका काग्रेस सभापति देउवाले नेपाली काग्रेसमा अनुशासनसँगै एकताको अभाव देखिएकाले कांग्रेस अब एक भएर अगाडि बढ्ने बताए।

सकियो लगानी सम्मेलन, १५ परियोजनाका लागि एमओयू

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन सकिएको छ। हिजो शुक्रबार बाट सुरु भएको सम्मलेनमा ४० देशका प्रतिनिधि सहभागी थिए। ७३५ विदेशी पाहुना, ६ सयभन्दा बढी नेपाली प्रतिनिधि, ३ सयभन्दा बढी विदेशी कम्पनी सम्मेलनमा सहभागी थिए। सम्मेलनमा एक सयभन्दा बढी नेपाली कम्पनी पनि सहभागी थिए।

कांग्रेसले इतिहास भजाएर मात्र हुँदैन, भविष्यका लागि सोच्नु जरुरी छः नेता सिंह

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विधि र पद्दतिअनुसार पार्टी चल्न नसकेको बताएका छन्। नेपाली काङ्ग्रेस टोखा नगरपालिका–११ ले आज यहाँ आयोजना गरेको ‘वडा भेला, नयाँ वर्षको शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले विधि र पद्दतिअनुसार चल्न नसक्दा पार्टी कमजोर भएको बताए।

लगानी सम्मेलन : कृषिमा लगानीको सम्भावनै सम्भावना

अपार सम्भावना रहेको मुलुकको कृषि क्षेत्रबाट आर्थिक समृद्धिमा योगदान दिन कृषिको आधुनिकीकरणका लागि सरकारले लगानी सुरक्षाप्रति आश्वस्त पार्दै ढुक्कका साथ लगानी गर्न आह्वान गरेको छ।

नेतालाई आक्षेप नलगाऊ : तरुण दल

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पार्टीका नेताहरुलाई आधारहीन आरोप नलगाउन सचेत गराएको छ।

पौडेलको घरमा देउवालाई सम्झाउने भेला

नेपाली कांग्रेसको भ्रातृ संगठन भद्रगोल भएको भन्दै असन्तुष्ट समूहले भ्रातृ संगठन सुधारमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको बैठकले यसप्रति ध्यान दिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष अध्यागमन डेस्क स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रवारदेखि गैर आवासीय नेपाली लक्षित छुट्टै अध्यागमन डेस्क सञ्चालनमा आएको छ। गैर आवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेक्सको स्थापना गरिएको हो।

जिल्ला सभापतिसँग देउवाले भने– केन्द्रीय सदस्यलाई चिढ्याउन सकिनँ

केन्द्रीय समितिले आफूहरूको मुद्दा उल्ट्याएपछि निर्णय सच्याउन नेपाली कांग्रेस जिल्ला सभापतिहरू सक्रिय छन्। केही दिनदेखि जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग ‘लबिङ’ सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्