१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रामेछापमा बस दुर्घटना, १३ यात्रु घाइते

रामेछापको खाँडादेवी गाउँपालिका-३ सित्खा बजार नजिकैको चहरी खोलामा आज बस दुर्घटना भएको छ। दुर्घटनामा १३ यात्रु घाइते भएका छन्।

रामेछाप बस दुर्घटनाबाट दाहाल मर्माहत

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।

रामेछाप दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो, ९ जनाको पहिचान खुल्यो (अपडेट)

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर पाँच लुभुघाट नजिकै बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। अहिलेसम्म ज्यान गुमाउनेमध्ये नौ जनाको मात्रै पहिचान खुलेको छ।

रामेछाप बस दुर्घटनामा परी ९ जनाको मृत्यु

रामेछापबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस मंगलबार (आज) बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ।

स्थानीयवासीलाई श्वेतगङ्गा हाइड्रोपावरको आइपिओ खुला

श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

जनगणनामा जनसंख्याभन्दा मतदाता धेरैः चित्त नबुझेपछि आफैं गणना गर्दै स्थानीय तह

०६८ मा यो गाउँपालिकाको जनसंख्या २५ हजार ७ सय थियो। ‘गाउँपालिकाको कुरा गर्नुहुन्छ भने अहिले विद्यार्थी संख्या पनि बढेको छ, अनि मृत्युदर पनि घटेको छ, बसाइँ सराइ पनि कम छ’, अध्यक्ष तामाङले भने, ‘अनि जनसंख्या वृद्धि र मृत्युदर कम भैरहेको हाम्रो गाउँपालिकामा कसरी यति ठूलो संंख्यामा जनसंख्या घट्यो?’ दुई वर्षअघि गाउँपालिकाले आफ्नो तबरबाट जनसंख्या संकलन गरेको थियो। त्यो बेला गाउँपालिकाको जनसंख्या ३३ हजार थियो। ‘हामीले ०७६ मा गरेको गणनामा गाउँपालिकाको जनसंख्या ३३ हजार थियो,’ उनले भने, ‘२ वर्षपछि गरिएको राष्ट्रिय जनगणनामा १४ हजारले जनसंख्या कम देखियो। यो सरासर असम्भव र अविश्वसनीय तथ्यांक हो।’

शल्यक्रियापछि फेरिएका अनुहार

शल्यक्रिया गरेको ४५ दिनमै सामान्य अवस्थामा फर्केका उनको आन्तरिक दाँतसहित एक वर्षमा पूरै उपचार सकिएको छ। अहिले उनी मोडेल बन्ने सपना पूरा गर्न तालिममा छन्। ‘मोडेलिङ गर्ने मेरो रुचि थियो, शल्यक्रिया गरेपछि म अघि बढें’, उनले भने। चिउँडो सामान्य भइसकेपछि साथीभाइका बीचमा पुग्दा हिनताबोध हटेको महर्जनले बताए।

रामेछापमा राष्ट्रिय तेक्वान्दो एकेडेमी

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा एकेडेमी निर्माण भएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य एवम् रामेछाप तेक्वान्दो संघका अध्यक्ष रूपसिंह मोक्तानले जानकारी दिए। एकेडेमीले कुल दुई रोपनी क्षेत्रफल ओगटेको छ। चेन्जिङ हल, बाथरुम, अफिस रूमलगायत सेवासुविधासहितको एकेडेमी निर्माण भएको छ।

रामेछापमा बोलेरो दुर्घटना : २ जनाको मृत्यु, २८ घाइते

जिल्लाको खाडादेवी गाउँपालिका-१ राकाथुमको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटनमा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। भक्तपुरको सुर्यविनायकबाट दोरम्बाका लागि मान्छे लिएर हिडेको बा १४ च ९४९८ नम्बरको बोलेरो दुर्घटनामा परेको हो।

दोस्रो रामेछाप महोत्सव हुने

कृषि, पर्यटन प्रवद्धन गर्ने हाम्रो सान, कला संस्कृति जगेर्ना रामेछापको पहिचान भन्ने मुल नाराका साथ रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृति तथा औद्योगिक व्यापार महोत्सव सञ्चालन हुने भएको छ ।

रामेछापमा शान्तिपूर्ण निर्वाचन

जिल्लाको उमाकुण्ड गाउपालिका वडा नंं ५ प्रितिमा शनिबार जारी वडाध्यक्षको उपनिर्वाचनमा मध्यान्हसम्म आइपुग्दा शान्तिपूर्णरुपमा संचालन भएको छ।

नगरपालिकाद्वारा चाडपर्व लक्षित अनुगमन

रामेछाप नगरपालिकाले चाडपर्व लक्षित गरेर बजार अनुगमन गरेको छ। रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काको संयोजकत्वमा खाद्यान्न, मासुलगायत पसलहरूको अनुगमन गरिएको हो।

साँघुटार बजारमा आगलागी, चार घर जलेर नष्ट

रामेछाप नगरपालिका वडा नं ३ को साँघुटार बजारमा विहीबार भएको आगलागीबाट ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। घर भित्रका अधिकांश सामानहरु समेत जलेका छन्।

मेयर कपको उपाधि रामेछापलाई

रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका मेयरकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकाले हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्