२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

नगरपालिकाद्वारा चाडपर्व लक्षित अनुगमन

रामेछाप नगरपालिकाले चाडपर्व लक्षित गरेर बजार अनुगमन गरेको छ। रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काको संयोजकत्वमा खाद्यान्न, मासुलगायत पसलहरूको अनुगमन गरिएको हो।

साँघुटार बजारमा आगलागी, चार घर जलेर नष्ट

रामेछाप नगरपालिका वडा नं ३ को साँघुटार बजारमा विहीबार भएको आगलागीबाट ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। घर भित्रका अधिकांश सामानहरु समेत जलेका छन्।

मेयर कपको उपाधि रामेछापलाई

रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका मेयरकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकाले हात पारेको छ।

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुईको ज्यान गएको छ।

व्यस्त बन्दै मन्थली विमानस्थल

प्रायः सुनसान देखिने जिल्ला सदरमुकाम मन्थली केही दिनदेखि व्यस्त देखिन थालेको छ। विमानस्थलमा विमान र पर्यटकको चाप एकाएक बढ्न थालेको छ।

विप्लवका गाउँपालिका इन्चार्जद्वारा आत्मसमर्पण

नेपाल कम्युनिष्ट पार्टी विप्लवका  गाउपालिकाका इन्चार्जले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन्।

मन्दिर निर्माणमा पूर्वसभासद् दम्पतीले गरे ३५ लाख दान

उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरमा ३५ लाख लगानीमा पशुपति मन्दिर स्थापना भएको छ। पूर्वसभासद् तथा राजपरिषद् सदस्य दालकुमारी सुनुवार दम्पतीले उक्त रकम जुटाएका हुन्।

रामेछापमा माइक्राे दुर्घटना हुँदा एककाे मृत्यु

रामेछापको सदरमुकाम मन्थलीबाट मालुखोला जाँदै गरेको माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मन्थली नगरपालिका १ आकाशेपुल नजिक बा १ ज ९९०१ नम्बरको माइक्रो बस दुर्घटना हुँदा मुस्ताङ घर भएका ४५ वर्षीय रामप्रसाद तुलाचनको मृत्यु भएको हो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रदेश नम्बर– १ र ३ को विजयी सुरुआत

प्रदेश नम्बर–१ र प्रदेश नम्बर–३ ले रामेछापमा जारी मन्थली मेयर कप सिभिल भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्।

मन्थली बजारमा नेविसंघको सिठ्ठी जुलुस

सरकारको विरोधमा नेविसंघ रामेछापले बुधबार साँझ सदरमुकाम मन्थलीमा सिठ्ठी जुलुस निकालेको छ। मन्थली बजारमा सरकारविरोधी ब्यानर बोकेर विरोधमा उत्रिएको नेविसंघले वर्तमान सरकारलाई दुई तिहाइको दम्भ त्याग्न आग्रह गरेको छ।

कैदीबन्दीले गरे रक्तदान

बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठान सालुले शनिवार रामेछापको पुरानो सदरमुकाम रामेछापमा संचालन गरेको एक दिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा रामेछाप कारागारका ६८ कैदी सहित १ सय १२ जनाले रक्तदान गरेका छन्।

प्रशासनद्वारा सडेको मासु  बरामद

जिल्ला प्रशासन कार्यालय रामेछापले सोमवार सदरमुकाम मन्थलीमा गरेको अनुगमनका क्रममा विभिन्न मासु पसलहरुबाट विक्रि गर्न राखिएको ६७ किलो सडेको (खान अयोग्य) मासु बरामद गरेको छ।

खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

जिल्लाको रामेछाप नगरपालिका १ गोठगाउँका ४० बर्षीय पहल बहादुर सार्की छिमेकीको खुकरी प्रहारबाट गम्भीर घाइते भएका छन्।

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

रामेछाप सदरमुकाम मन्थलीमा शुक्रबार मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ।

रामेछापबाट लुक्ला उडान सुरु

लुक्ला (तेन्जिङ हिलारी विमानस्थल)को लागि रामेछापबाट हवाई उडान थालिएको छ। निजी क्षेत्रका तारा, समिट र सीता एअरलाइन्सका जहाजले लुक्लाको लागि रामेछापबाट उडान सुरु गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्