६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

रामेछाप - जिल्लाको रामेछाप नगरपालिका १ गोठगाउँका ४० बर्षीय पहल बहादुर सार्की छिमेकीको खुकरी प्रहारबाट गम्भीर घाइते भएका छन्। घरायसी विवादले उग्र रुप लिएपछि सार्कीका छिमेकी हरिभक्त खत्रीले खुकुरी प्रहार गरी उनलार्इ घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइते सार्कीको टाउको र हातमा गम्भीर चोट लागेको छ। खुकुरी प्रहारबाट घाइते बनेका सार्कीलाई एम्बुलेन्स मार्फत उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको थियो। मन्थलीको तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि विहीबार साँझ नै काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

साँघुटारमा रहेको प्रहरी चौकीबाट खटिएको सुरक्षाकर्मीको टोलीले खुकुरी प्रहार गर्ने खत्रीलाई खुकुरी सहित घटनास्थलबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए। 

प्रकाशित: १३ मंसिर २०७५ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App