coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मन्दिर निर्माणमा पूर्वसभासद् दम्पतीले गरे ३५ लाख दान

मन्दिर उद्घाटनमा पूजाआजा गर्दै सुनुवार दम्पती परिवार तस्वीर : मन्जु उप्रेती

रामेछाप – उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरमा ३५ लाख लगानीमा पशुपति मन्दिर स्थापना भएको छ। पूर्वसभासद् तथा राजपरिषद् सदस्य दालकुमारी सुनुवार दम्पतीले उक्त रकम जुटाएका हुन्।

शिवरात्रिको अवसरमा सोमबार मन्दिर सर्वसाधारणलाई पूजाका लागि खोलिएको छ। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले पानसमा दियो बालेर मन्दिरको औपचारिक रुपमा सबैका लागि खुला गरेका छन्। 

मन्दिर उदघाटन समारोहमा पूर्वसभासद सुनुवारले पछिल्ला दिनमा मुलुकमा हिन्दू धर्ममा आस्था घट्न लागेको बताउँदै यसको संरक्षणका लागि आफूले सकेको सहयोग बताइन्। उनले हिन्दू धर्म संरक्षणका लागि सबै धर्मका अनुयायीबीच धार्मिक सदाचार आवश्यक रहेको पनि बताइन्। 

औपचारिक उद्घाटन गरिएको उक्त मन्दिर परिसरमा शिव पञ्चायन, बुद्ध, सरस्वती, राधाकृष्ण र नागको मूर्ति राखिएको छ। त्यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि मन्दिर परिसरमा करिब १ करोड लगानीमा आवास, शौचालय र होमस्टेको समेत विकास गरिने सुनुवार दम्पतीले जनाए।  

प्रकाशित: २१ फाल्गुन २०७५ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App