१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

रामेछाप - रामेछाप सदरमुकाम मन्थलीमा शुक्रबार मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको ज्यान गएको छ। बा ५७ प ४७२७ नं. को मोटरसाइकलले मन्थली नगरपालिका वडा नं. १ भैसेश्वरमा ठक्कर दिदा मन्थली ६  हात्तीटारका काले माझीको मृत्यु भएको हो।

मन्थलीको थापाचोकबाट मन्थली बजार आउने क्रममा प्रेम बहादुर रानाले चलाएको मोटर साइकलले उनलाई ठक्कर दिएको थियो।ठक्कर पछि घाइते भएका माझीको तामाकोशी सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता शेख अदालतले जानकारी दिए।

मोटरसाइकल चालक गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका वडा नं. ८ घर भइ हाल मन्थलीमा रहेको सेन्चुरी कमर्सियल बैंकमा कार्यरत थिए। मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमती पत्र समेत नभएको प्रवक्ता अदालतले जानकारी दिए। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

 

प्रकाशित: ७ मंसिर २०७५ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App