८ वैशाख २०८१ शनिबार
खेल

मेयर कपको उपाधि रामेछापलाई

रामेछाप– रामेछाप नगरपालिकामा संचालित रामेछाप नगरपालिका मेयरकप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि रामेछाप नगरपालिकाले हात पारेको छ। 

रामेछाप नगरपालिकाको आयोजनामा भएको उक्त मेयर कप प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा रामेछाप नगरपालिकाले आकाशे व्याइज क्लब मन्थलीलाई ३–० गोल अन्तरमा पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनल खेलको पराजयसँग आकाशे व्याइज कल्ब मन्थलीले दोस्रो स्थान हात पारेको छ। प्रतियोगितामा लर्ड बुद्ध सिन्धुलीले तृतीय स्थान हात पारेको छ। प्रतियोगितमा प्रथम, द्धितीय र तृतीय हुनेलाई रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापामगरले क्रमश ३ लाख, २ लाख र एक लाख नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए।

१२ वटा समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा उत्कृष्ट गोल किपर रामेछाप नगरपालिकाका अंकित शाही सर्बाधिक गोल कर्ता रामेछाप नगरपालिकाकै बबी ताम्बबा र उत्कृष्ठ खेलाडीमा आकाशे व्याइज क्लबका मनोज श्रेष्ठ छनौट भएका छन्। 

प्रकाशित: ३० असार २०७६ १५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App