२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गुमदेलमा ४ दिन देखि लागेको आगो नियन्त्रणमा सकस, १ घाइते

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ को गुमदेल भन्ने गौरीशंकर संरक्षण क्षेत्रमा ४ दिन देखि लागेको आगो निभाउन जाँदा एक जना घाइते भएका छन्। 

गौरिशंखर संरक्षण क्षेत्रको जङ्गलमा १५ गते देखि लागेको आगो निभाउन जाँदा एक जना घाइते भएको उमाकुण्ड गाउँपालिका वडा न १ का वडा अध्यक्ष ङवा तिन्डु शेर्पाले बताएका हुन्।  आगलागी चामरुकबाट सुरु भएको थियो।  

उमाकुण्ड गाउँपालिका वडा न १ का वडा अध्यक्ष ङवा तिन्डु शेर्पाका अनुसार आगो अझै सम्म नियन्त्रणमा लिन सकेको छैन।  

उनले भने , ‘के कारणले भन्ने थाहा छैन। बच्चाहरूले लगाए भन्ने शङ्का छ। हाम्रो क्षेत्रमा पानी परेको छैन। पानी परे नियन्त्रणमा आउँ थियो अहिले सम्म पानी परेको छैन।  केहि कम भएको छ। तर नियन्त्रणमा लिन पनि सकेको छैन।’

उनले आगो नियन्त्रण लिने क्रममा एक जना घाइते भएको बताए। उनी आगो निभाउने क्रममा माथिबाट ढुङ्गा आइ घाइते भएको बताए।  

शेर्पाका अनुसार अहिले हामि स्थानिय, प्रहरी र संरक्षकका गरि ३० देखि ४० जनाको समुहले आगो नियन्त्रणको काम गरिरहेका छौँ।  

उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले चामरु बस्तीमा रहेको १४, १५ घर बचाउनका लागि गुमदेल बासी, जनप्रतिनिधि, संरक्षकहरू आगो निभाउन लागि परेको बताएकी थिइन्।  

उनले भनेकि थिइन्, ‘आगोले विशाल रूप लिएको छ। रोक्न सक्ने अवस्था छैन। बेलुकामा आगो नियन्त्रण हुन्छ। तर दिउँसोमा भने फेरि आगो लाग्छ। नियन्त्रण गर्न सम्भव छैन। नियन्त्रण हुँदैन। बस्ती जोगाउनलाई मात्र नियन्त्रण कार्य भएको छ। भोलिसम्म नियन्त्रण गर्ने प्रयास हो। ’

सुनुवारले मानवीय तथा भौतिक क्षति नभएको तर जङ्गलमा भने ठुलो क्षति पुगेको बताएकी थिइन्।  

उनले चामरु बस्तीका बासिन्दाहरू जङ्गलमा आगलागी भएपछि बाम्ती भन्ने ठाउँमा बसाइ सरेको बताएकी थिइन्।  

प्रकाशित: १८ माघ २०७९ ०७:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App