४ वैशाख २०८१ मंगलबार
राजनीति

रामेछापमा शान्तिपूर्ण निर्वाचन

रामेछाप- जिल्लाको उमाकुण्ड गाउपालिका वडा नंं ५ प्रितिमा शनिबार जारी वडाध्यक्षको उपनिर्वाचनमा मध्यान्हसम्म आइपुग्दा शान्तिपूर्णरुपमा संचालन भएको छ।

चुनावको लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ। मतदाता बाहेक अरुलाई सम्बन्धित कार्यलयको पास बेगर वडामा प्रबेश निषेध गरिएको छ। निर्वाचन सुरक्षका लागि प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे सहित जनपथ र सशस्त्रका  प्रहरी नायब उपरीक्षक समेत सुरक्षाका निम्तिमा वडामा नै सक्रिय रहेका छन्।  

सुरक्षा मजबुत बनाएका छौ मतदाताले निर्धक्क भएर मतदान गर्न सक्ने वातावतरण बनेको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले जानकारी दिइन्।

उक्त वडाका वडाध्यक्ष कुविर खत्रीले खोलामा हामफालेर आत्महत्या गरेपछि रिक्त बनेको वडाध्यक्षका लागि नेकपाबाट कुल बहादुर बस्नेत, नेपाली कांग्रेसबाट सावित्री सुनुवार, राप्रपमा संयुक्तबाट हर्क बहादुर तमाङ र समाजवादी पार्टी राजकुमार सुनुवार निर्वाचनको मैदानमा रहको छन्।

श्री सरस्वती माविको मतदान केन्द्रमा चलिरहेको मतदानमा मध्यान्हसम्ममाा ९ सयले मतदान गरि सकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उक्त वडामा कुल १ हजार ७ सय ४८ मतदाता रहेका छन्। ५ बजेसम्म जारी रहने मतदान पश्चात् तत्काल नै मतगणना गरिने र राति नै नतिजा सार्वजिनक हुने बताइएको छ।

समग्रमा निर्वाचनको सम्पूर्ण काम नसकिउन्जेलका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय रामेछपमा प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष भट्टराइले जानकारी दिए।       

प्रकाशित: १४ मंसिर २०७६ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App