coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

महिला मुक्तिको उकालो यात्रा

छोरीलाई हामीले पूजा गरेजस्तो गरेर बुहारीलाई भुक्तमान खेलाएका छौँ भने पनि त्यसको के अर्थ हुन्छ र ? आखिर मानिसले मानिसलाई गर्ने व्यवहार सही भयो भनेमात्र आदर्श समाजमा पुग्न सकिन्छ।

महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँः राष्ट्रपति

अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन्।

महिला दिवसकै दिन चार छोराछोरीसहित आत्महत्या, हात बाँधिएको अवस्थामा शव फेला

अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा दैलेखको आठबीस नगरपालिकाकी एक महिलाले घरेलु हिंसाका कारण चार छोराछोरीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेकी छन्। आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुनिता बडुवालले १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता, १९ वर्षीय छोरा ललित र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको आशंका प्रहरीको छ।

‘सबल आर्थिक पक्षले मात्र दिवसको सार्थकता’

सोमबार विश्वभर १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा नेपाली श्रमिक महिलाले भने दिनभर शारीरिक परिश्रम गरेरै दिन बिताए। न उनीहरूले यो दिनको खास भेउ पाए न श्रीमान्को व्यवहारमा परिवर्तन नै।

समानताबिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन सक्दैन : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र लैङ्गिक समानता युक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहन समाजका सबै पक्षको ध्यानाकषर्ण गराएकी छन्।

किन मनाइन्छ ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस?

अन्तर्राष्ट्रिय महिला दिवस एक श्रम आन्दोलन थियो। जुन संयुक्त राष्ट्र संघले वार्षिक कार्यक्रमका रुपमा अनुमोदन गरेको थियो। सुरुवात सन् १९०८ मा सुरू भयो। जब १५ हजार महिलाहरूले न्यूयोर्क शहरमा काम गर्ने घण्टा कम गर्न, तलब बढाउन र मतदानको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका थिए।

महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गरिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न नेपाल सरकारले ‘लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना कार्यान्वयनमा ल्याएको जनाएका छन्।

गुगलले गर्‍यो महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरमा मनाइदैँछ। यस अवसरमा हरेक महत्त्वपूर्ण दिन जस्तै गुगलले आज महिलाको लागि विशेष चित्रमार्फत भिडियो सिर्जना गरेको छ। डूडल पनि बनाएको छ। यो डूडल विशेष रूपमा महिलालाई सम्मान देखाउनको लागि सिर्जना गरिएको हो।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला

‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको संवर्द्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मेलाको उद्घाटन गरे।

दिदी

अन्तर्राष्ट्रिय महिला दिवस आँगनको डिलमै आइसकेको छ। हरेक सङ्घ/संस्था यो दिवसलाई कसरी सार्थक बनाउने भनेर लागिपरेका छन्। हिमाल, पहाड अनि तराईमा बसेर आ–आफ्नो क्षेत्रबाट उत्कृष्ट योगदान पुर्‍याएका महिलाको पहिचान गरी पुरस्कृत गर्ने, महिलाका समस्याबारे स्थानीय स्तरका महिलासँग छलफल गरेर समाधान खोज्ने जस्ता आवाज यतिखेर सर्वत्र उठिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्