जनचेतना फैलाउँदै :भण्डारीबाडाका आमाहरु
समाजमा जरा गाडेर बसेको सामाजिक कुरीतिबिरुद्ध जुम्लाको चन्दननाथ नगरपालिक वडा न.२ भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा सचेतना फैलाउन जुटिरहेका छन्।
समाजमा जरा गाडेर बसेको सामाजिक कुरीतिबिरुद्ध जुम्लाको चन्दननाथ नगरपालिक वडा न.२ भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा सचेतना फैलाउन जुटिरहेका छन्।
विवाहमा ‘लक्ष्मी’ ले नपुगेर दाइजोका नाममा लुट्ने क्रूर परम्परा हाम्राे समाजमा कायमै छ।
जुम्लाको हिमा गाउँपालिका– ४ चिउडी गाउँका गोरबहादुर रोकाया कुलदेवका धामी हुन्। अहिले उनी बाल विवाहविरुद्धको अभियानमा परिपक्व अभियन्ताका रूपमा देखिन थालेका छन्।
सामाजिक कुरीति र कुमान्यताले सबैतिर स्थान पाएकै छन् तर तथ्यांकले अन्य क्षेत्रको तुलनामा दूरदराजका विकट गाउँमा बालविवाह र छाउप्रथा बढी भएको देखाउँछ।
कालिकोटमा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउने प्रतिबद्धता गरेका छन्। बाल विवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहित बाल विवाह नगराउने निर्णयमा समेत पुगेका छन्।
जुम्लामा सामाजिक कुरीति अन्त्यका लागि धामीझाँक्रीलगायत धार्मिक अगुवा नै सक्रिय हुन थालेका छन्।
समाजमा घट्ने सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्म गुरु र भलमन्सासँग छलफल गरिएको छ। धनगढी उपमहानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवासँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गरेको हो।
समाज तथा टोलमा घट्ने घटना तथा सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्म गुरु र भलमन्सासँग छलफल गरिएको छ। धनगढी उप–महानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवासँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गरेको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बोक्सी, दाइजो, बाल विवाहलगायत सामाजिक कुरीतिलाई अन्त्य गर्न सरकारले प्रयास जारी राखेकोे बताएका छन्।
जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुसी लागेको छ। सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन खड्काले आमाबाट सिकेकी थिइन्।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, रुकुमकोटकी विष्णु देवकोटासँग एकल महिला भनेर गाउँका शुभ कार्यमा जान नदिएको तीतो पीडा छ। उनका श्रीमान्को २०५७ पुस ३ गते हत्या भयो। त्यसपछि उनी सेतो कपडा लगाउँथिन्। हातमा चुरा, गलामा माला र सिउँदोमा सिन्दुर थिएन। तर उनलाई समाजले माया र सम्मानको साटो तिरस्कार गथ्र्याे। गाउँलेले उनलाई पूजापाठजस्ता शुभ कार्यका सामान छुन नदिने, नजिकै आउन नदिनेलगायतका विभेद गर्थे। त्यतिबेला उनको मन छियाछिया हुन्थ्यो।
महिनावारी हुँदा महिला तथा किशोरीलाई सधैँ बस्दै आएको घरमा बस्न नदिई घरभन्दा बाहिर अलग्गै स्थानमा बस्न बाध्य बनाउने कुरीति वा कुप्रथा नै सामान्य भाषामा ‘छाउपडी’ हो। खासगरी महिनावारीको यस अवस्थामा घरभन्दा बेग्लै महिला वा किशोरीका लागि बस्न बनाइएको सुविधाविहीन वासस्थानलाई नै ‘छाउघर’ वा ‘छाउगोठ’का रूपमा बुझिन्छ। महिनावारी भएको अवस्थामा घरमा बस्दा देउता रिसाउने र यसको कारण अन्नबाली बिग्रने, पशु—चौपायालाई हानि—नोक्सानी पुग्ने, आपूm मात्र नभएर परिवारका सदस्यहरूसमेत बिरामी पर्ने जस्ता कुतर्कहरू यसको पछाडि विद्यमान छन्।
श्रीमानको मृत्युपछि श्रीमतीले रातो लगाउन नहुने मान्यता हाम्रो समाजमा छ। तर धादिङको थाक्रे गाउँपालिकाका एकल महिलाले यो रुढिवादी संस्कारलाई तोड्दै सामूहिक रूपमा रातो टीका र लुगा लगाएका छन्।