१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

बाल विवाह रोक्न धामीझाँक्री सम्मेलन

शुभकालिका गाउँपालिकामा आयोजित धामीझाँक्री सम्मेलन। तस्बिर: नागरिक

कालिकोटमा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउने प्रतिबद्धता गरेका छन्। बाल विवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहित बाल विवाह नगराउने निर्णयमा समेत पुगेका छन्।

जिल्लाको शुभकालिका गाउँपालिकामा बाल विवाह रोक्न धामीझाँक्री तथा पुरोहित सम्मेलन गरिएको छ। उमेर नपुगेर गरिने विवाहमा आयोजना हुने भोजभतेर बहिस्कार गर्ने, बाल विवाह भए–देखेको थाहा पाए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धतासहित बाल विवाहविरुद्धका गतिविधिमा धामीझाँक्री र पुरोहित जुट्ने निर्णय भएको हो।

अहिले गाउँमा उमेर नपुगेर गरिने विवाह रोक्न धामीझाँक्री र पण्डितहरू एकजुट भएका छन्। धामीझाँक्री तथा पण्डितकहाँ विवाहको लगन, साइत र दिन हेराउन आउने केटाकेटीको उमेर सोधिन्छ। उमेर पुगेको छैन भने तत्काल अभिभावकलाई आआफ्नो घर फर्काउन सुझाव दिइन्छ।

कालिकोटमा कुनै बेला बाल विवाह गराउन अग्रसर हुने धामीझाँक्री हिजोआज बाल विवाह नगराउने प्रतिबद्धता गरेका छन्। बाल विवाह गराउने भूमिका खेल्ने यी धामीझाँक्री तथा पुरोहित बाल विवाह नगराउने निर्णयमा समेत पुगेका छन्।

त्यसैगरी धामीझाँक्री र पण्डितहरूले सार्वजनिक कार्यक्रममार्फत बाल विवाह गरेको घरको भोजभतेरमा नजाने प्रतिबद्धता समेत जनाएका छन्। बाल विवाह भएमा हुने दण्ड सजायबारे जानकारी दिइसकेको छ। किर्डाक नेपालको सहजीकरण तथा शुभकालिका गाउँपालिकाको आयोजनामा शनिबार गाउँपालिकामा रहेको सबै धाँमीझाँक्री र पण्डितले बाल विवाहविरुद्ध एक भएर लाग्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा बाल विवाह नगरी बसेका ६ जना किशोरी सम्मानित भएका छन्। शुभकालिका गाउँपालिकाद्वारा आयोजित धामीझाँक्री सम्मेलनमा १ सय २० जना धामीझाँक्री तथा पुरोहितलाई फेटा (पगरी) बाँधेर सम्मान गरिएको हो।

धामीझाँक्रीको पञ्चेबाजासहितको र्‍यालीले बजार परिक्रमा गरेपछि छलफल कार्यक्रम आयोजना गरिएको थियो। बालबालिका वा दुवैतर्फका परिवार विवाह गर्न र गराउन राजी भई लगनका लागि धामीझाँक्री वा पुरोहितकहाँ आउँदा लगन नदिएर २० वर्षपछि मात्र बिहे गर्न सुझाव दिई पठाएबापत उक्त सम्मान गरिएको किर्डाक नेपालका परियोजना संयोजक प्रकाश शाहीले जानकारी दिए।

बाल विवाह सामाजिक कुरीतिका रूपमा मौलाइरहेको छ। यसको अन्त्यका लागि धामीझाँक्री नै अग्रसर हुनुपर्ने भएकाले विभिन्न विकल्पको खोजी भइरहेको बताए। पालिकामा पहिले बाल विवाहको दर ५८ प्रतिशत हुने गरेकोमा अहिले १५ प्रतिशतमा झरेको बताए।

कार्यक्रममा बाल विवाह नगरी बसेका ६ जना किशोरी सम्मानित भएका छन्। शुभकालिका गाउँपालिकाद्वारा आयोजित धामीझाँक्री सम्मेलनमा १ सय २० जना धामीझाँक्री तथा पुरोहितलाई फेटा (पगरी) बाँधेर सम्मान गरिएको हो।

‘बाल विवाह सामाजिक अपराध मात्र होइन, यो हाम्रो गाउँ–समाजको ठूलो विकृति पनि हो’, धामीझाँक्री सम्मेलनमा शुभकालिका गाउँपालिका उपाध्यक्ष धर्मा शाहीले भनिन्, ‘त्यसैले अभिभावक, बालबालिका, धामीझाँक्री र जनप्रतिनिधि सबैको समन्वयबाट बाल विवाह रोक्न गाउँपालिकामा कार्यक्रम गरेका हौं।’ गाउँमा अब उमेर पुगी गरेको विवाहमा मात्र आफूहरू जाने व्यवस्था गरेको गाउँपालिका उपाध्यक्ष शाहीले बताइन्। बाल विवाह रोक्न गाउँमा गएर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन पनि भइरहेको उनले बताए।

गाउँपालिका अध्यक्ष गोविन्द आचार्यले बाल विवाह, छाउपडी, घरेलु हिंसाजस्ता सामाजिक विकृतिमुक्त गाउँपालिका बनाउने अभियानमा धाँमीझाँक्री र पण्डितहरूको साथ र सहयोगले उत्साह थपिएको बताए।

उनले भने, ‘हामी हिंसा र विभेदमुक्त समाज बनाउने अभियानमा छौं। यो अभियानलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका छौं।’ यसअघि जिल्लाको तिलागुफा नगरपालिकामा पनि धामीझाँक्री सम्मेलन गरिएको थियो।

प्रकाशित: ४ असार २०८० ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App