२ पुस २०८२ बुधबार
image/svg+xml

शान्ति स्थापनामा नेपाल विश्वकै पहिलो नम्बरमा: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संयुक्त राष्ट्रसंघको शान्ति सेनामा सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने मुलुक बन्न सफल भएको बताएकी छन्।

टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना

टोखा नगरपालिकामा ‘श्रम डेक्स’ स्थापना गरिएको छ । टोखाले श्रमिकहरुको हक, हित र अधिकारको रक्षाका लागि मङ्गलबारदेखि ‘श्रम डेक्स’ स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ।

सभामुख छान्न आइतबार निर्वाचन

मधेस प्रदेश सभाको सभामुख चयन गर्न आइतबार निर्वाचन हुने भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख बबिता राउत ईशरले पुस ६ गते आइतबार सभामुखको लागि निर्वाचन हुने सदनलाई जानकारी गराईन्।

लागुऔषधको चपेटामा जुम्ला

नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि लागुऔषधको कारोबार र प्रयोगकर्ताको संख्या घट्न सकेको छैन।

बल्खुमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु

काठमाडौं महानगरपालिका–१४ बल्खुमा ग २ ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ।

बालकोटबाट एमाले छोड्ने बढे

भक्तपुरको बालकोट–२ का एमाले नेता कार्यकर्ताले पार्टी छाडेका छन् । भृकुटीमण्डपमा पार्टीको ११ महाधिवेशनले नयाँ नेतृत्व चयन गरिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीको पहिलेको बसोबास क्षेत्रका एमाले नेता तथा कार्यकर्ताको पार्टी छोड्ने क्रम बढेको छ ।

एमाले महाधिवेशन : साढे पाँच घण्टामा ६२५ मत खस्यो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइहेको छ।

बम काण्डमा पक्राउ परेका लामालाई हर्कले गरे निलम्बन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले विष्फोटक पदार्थसम्बन्धी कसुरमा पक्राउ परेका पार्टीका उपाध्यक्षलाई निलम्वन गरेका छन् ।

सम्बृद्धिले जितिन १४औँ कपिलवस्तु डान्स आइडलको ताज

१४औँ कपिलवस्तु डान्स आइडलको ताज सम्बृद्धि पन्तले पहिरिएकी छन्। कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित बुद्ध रंगशालामा सम्पन्न १६औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रूपमा रहेको डान्स आइडल प्रतियोगितामा उनले उपाधि जितेकी हुन्।

हामी नयाँ अनुहारलाई प्राथमिकतामा राख्छौँ: गजुरेल

नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले आगामी निर्वाचनमा नयाँ अनुहारलाई अघि बढाउने विषयमा पार्टीले छलफल सुरु गरेको बताएका छन् ।

राजमार्ग बन्द गर्न सडकमा उत्रिए इलामका जनप्रतिनिधि

मेची राजमार्ग बन्दमा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु लिम्बू दाहाल, इलाम ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, ८ का वडाध्यक्ष दलमान तामाङसमेत सहभागी भए ।

पहिलो महिला मेयर कान्तिका जुम्लाबाट कांग्रेसको प्रतिनिधि सिफारिस

नेपाली कांग्रेस जुम्लाले प्रतिनिधि सभा, समानुपातिक र राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याउँदै पूर्वसांसद सेजुवाललाई प्रतिनिधि सभा सदस्यका प्रमुख आकांक्षीमध्ये एकका रूपमा केन्द्रमा सिफारिस गरेको हो।

संसद् विघटन : कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

प्रतिनिधिसभा विघटनविरुद्ध न‍ेपाली कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

नेपाल सरकार र एसियाली विकास बैंकबिच सहुलियतपूर्ण ऋण सम्झौता

एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई एक सय मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्