१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एनसेलबारे अनर्गल प्रचार: ट्रेड युनियन

एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जाजरकोट भूकम्पः नौ करोडभन्दा बढीको खाद्यान्न नष्ट

गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

एकायन कराते सम्पन्न

नेपाल एकायन कराते संघ बेलकोटगढी शाखाको आयोजनामा सुरु भएको प्रथम बाग्मती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता मंसिर २३ गते शनिबार सम्पन्न भएको छ।

भ्रष्टाचार राज!

लोकतन्त्र भएका कुनै पनि मुलुकमा विधिको शासन कायम हुन्छ। हरेक कुरा कानुनसम्मत तवरले सम्पादन हुन्छन्। शक्ति पृथकीकरण सिद्धान्त अंगाल्ने भएका हुँदा सन्तुलन र नियन्त्रणको अवस्था रहन्छ जसले गर्दा कुनै एक निकायले बिराएको बाटो अर्कोले रोकिदिन्छ।

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्न हुँदैन : प्रजिअ आचार्य

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने बताएका छन।

लचिलो मौद्रिक नीतिले नेप्सेमा सर्किट ब्रेकर

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम गरेसँगै आइतबार खुलेको नेप्से परिसूचकमा सकारात्मक सर्किट लागेको छ।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

साढे चार महिनामा १३ अर्ब २३ करोडको बिजुली निर्यात

नेपाल विद्युत् प्राधिकरणले चालु आवको साउनदेखि २० मंसिरसम्मको अवधिमा १३ अर्ब २३ करोड ६७ लाख रूपैयाँको विद्युत् निर्यात गरेको छ।

एनसेलबारे सांसद अमेरशकुमारको आरोपको प्रधानमन्त्री सचिवालयद्वारा खण्डन

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एनसेलसँगको मिलेमतोमा प्रधानमन्त्री र उनकी छोरीको संलग्नता रहेको दाबी गर्दै गर्दा प्रधानमन्त्रीको सचिवालयले एनसेलसँग कुनै प्रकारको मिलेमतो नरहेको स्पष्ट पारेको छ।

स‌‌ङ्घीय कानुन निर्माण नगरे सङ्घर्षमा जाने मधेस सरकारको प्रधानमन्त्रीलाई चेतावनी

मधेश प्रदेश सरकारले संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।

प्रधानमन्त्री कार्यालयमा कर्मचारी दरबन्दी कटौती गर्न प्रस्ताव

सचिव एकनारायण अर्यालको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयलाई चुस्त र मितव्ययी बनाउन कर्मचारी दरबन्दी २२३ भन्दा बढी नराख्न प्रस्ताव गरेको छ। हाल कार्यालयमा कर्मचारी दरबन्दी २९५ छ ।

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

रौतहटमा ११ केभी भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन्।

किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्रीबापतको २२ करोड रुपैयाँ रकम पाउन सकेका छैनन्। यहाँ रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले सो रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको मूल्य पाउन नसकेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्