१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एनसेलबारे अनर्गल प्रचार: ट्रेड युनियन

एनसेल आजियाटाको स्वामित्वमा रहेको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियासम्बन्धी विषयमा सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका अनर्गल प्रचारबाजीप्रति एनसेल कर्मचारी ट्रेड युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

युनियनद्वारा जारी विज्ञप्तिमा नेपालको व्यावसायिक वातावरणलाई हतोत्साही गर्ने मनसायले ओतप्रोत भई आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

सेयर खरिद बिक्रीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधि विधानमा रहेर काम गरेको र सेयर खरिद बिक्री प्रक्रियाले कम्पनीको दैनिक कार्यसम्पादन तथा सेवा सञ्चालनमा कुनै फरक नपारेको बताइएको छ।

यसै क्रममा कम्पनीको सेयर होल्डिङ् परिर्वतनलाई कम्पनी नै नेपालमा छैन भनेर कम्पनीकै व्यावसायिक छविमाथि आँच आउने गरी भएका प्रचारबाजीप्रति सजग रहन युनियनले ग्राहक, व्यावसायिक साझेदारहरू र आम नेपाली जनतालाई अपिल गरेको छ।

प्रकाशित: २५ मंसिर २०८० ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App