४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उपत्यका र सदरमुकामका विद्यार्थी तथा मजदुरलाई लिमचुङबुङको राहत

उदयपुरको लिमचुङबुङ गाउँपालिकाले सदरमुकाम गाईघाट र काठमाडौं उपत्यकामा अध्ययनरत विद्यार्थी तथा मजदुर वर्गलाई राहत दिएको छ । झण्डै दुई महिनादेखि लकडाउन हुँदा अप्ठेरोमा परेका विद्यार्थी तथा मजदुरलाई भोको बस्न नपरोस् भन्ने उदेश्यले चामल, दाल र नुन–तेलको राहत प्याकेज गाउँपालिकाले वितरण गरेको जनाएको छ ।

‘हुनेले दिऔं, नहुनले लिऔं’ अभियान

मातृभूमी बाकाचोल सेवा समाज नेपालले काठमाडौमा  लकडाउन पिडितको सहयोगार्थ ‘हुनेले दिऔं, नहुनले लिऔं’ नामक राहत अभियान चलाएको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल घर भइ काठमाडौं बसिरहेका युवाले स्थापना गरेको समाजले काठमाडौंमा  बसिरहेको अवस्थामा लकडाउनका कारण मारमा परेका बाकाचोलबासी नागरिकको सहयोगार्थ राहत अभियान चलाएको हो। हालसम्म काठमाडौंका विभिन्न स्थानमा बसिरहेको अवस्थामा लकडाउनबाट पिडित बनेका १ सय २० परिवारलाई हुने व्यक्तिबाट सहयोग संकलन गरेर चामल, दाल, नून, तेल, चिनी लगायतका राहत प्रदान गरिसकिएको मातृभूमी बाकाचोल सेवा समाज नेपालका सचिव तुलसीराम पुरीले बताए।

श्रमिकलाई कामबाट निकाल्न पाइदैन : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका छन्।

सरकार, मजदुर र प्रतिष्ठानले आयको हिस्सा बाँडौं : व्यावसायी

कोरोना भाईरस संक्रमणको प्रभावले विश्वभरकै पर्यटन क्षेत्र प्रभावित छ। तत्काल पर्यटक आउजाउको सम्भावना कतै छैन।

भारतमा बस्न दिँदैन, नेपाल छिर्न दिँदैन हामी कहाँ जाउँ ?

बन्दाबन्दीका कारण नेपाल–भारत सीमाक्षेत्र जयनगरमा आएर सिरहाका ३१ जना मजदुरहरु रोकिएका छन। उत्तरप्रदेश राज्यमा मजदुरी गर्दै आएका उनीहरु १५ दिन पैदल हिँडेर जयनगरसम्म आइपुगेका हुन।

नेपालमा असङ्गठित क्षेत्रका मजदुरहरुको अवस्था

संविधानले कल्पना गरेको समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्न पनि कृषि क्षेत्रलाई सङ्गठित गर्नु अनिवार्य छ । त्यसका लागी स्थानिय तहका हरेक वडाहरुमा अनिवार्य कृषि सहकारी गठन गरी स्थान विशेष अन्नबाली, फलफूल, जडीवुटी लगायतका उत्पादन तथा पशुपंक्षी, माछापालन व्यावसायलाई सङ्गठित र व्यवस्थित गर्नुपर्ने देखिन्छ ।

परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयास गरिनु दुःखद : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिरताका प्रयासहरु गरिनु दुःखद् भएको बताएका छन्।

भारतीय मजदुरलाई साप्ताहिक राहत

इटाभटा बन्द भइसके पनि लकडाउनका कारण भारत फर्कन नसकेपछि इटाभटामा काम गर्ने भारतीय मजदुरहरुलाई साप्ताहिक राहत भताको बन्दोवस्त गरिएको छ ।

अप्ठ्यारो समयमा मजदुरका विषयमा किन आवाज उठ्दैन ? महामारीको समय प्रतिपक्षीको भूमिका कमजोर भएको हो?

अप्ठ्यारो समयमा मजदुरका विषयमा किन आवाज उठ्दैन ? महामारीको समय प्रतिपक्षीको भूमिका कमजोर भएको हो?

असंगठित क्षेत्रमा काम गर्ने मजदुरलाई न्यूनतम रोजगारी व्यवस्था गरिने

सरकारले असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरुलाई न्यूनतम रोजगारीको व्यवस्था गर्ने भएको छ।असंगठित क्षेत्रमा दैनिक ज्यालादारी गर्दै आएका श्रमिक मजदुरको सम्बन्धमा कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको कामबाट रोजगारी गुमाउने र कामबिहिन भएकाहरुलाई स्थानीय तह वा प्रदेश तहमा हुने सार्वजनिक निर्माण कार्यमा लगाउने निर्णय जेठ १४ गते बसेको मन्त्रिरिषद्को बैठकले गरेको छ।

कोरोना कहरः ज्यालादारी मजदुर मारमा

चैत ११ गते सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) गरेपछि सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६, का वीरबहादुर नेपाली कामविहिन छन्। दैनिक ज्यालादारी काम गर्ने उनी हालसम्म काममा फर्किन सकेका छैनन्।

उद्वारमा बेथिती : वास्तबिक मजदुर छुटे, पहुँचवाला भित्रिए

जुम्ला तिला गाउँपालिका ६ का दिनेश रोकाया संखुवासभाको मकालु गाउँपालिका ६ मा अलपत्र छन् । उनी उद्धारका लागि बारम्बार गाउँका अगुवासंग आग्रह गरिरहेका छन् । स्थानीय तहले मजदुर र अलपत्र नागरिकको उद्धार गर्ने सुनेका उनी निकै खुसी थिए ।

राहत लिन पुग्दा प्रहरीको लठ्ठीबाट मजदुरको कानको जाली फुट्यो

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा ठेला चलाएर गुजारा गर्दै आएका भारत विहार मधुवनी जिल्लाका सुजित साहको घरमा मंंगलबार खानेकुरा मात्र सकिएको थिएन, भोकैले मर्ने चिन्ताले समेत सताउन थालेको थियो । लकडाउन भएको एक महिनापछि उपमहानगरपालिकाले राहत बाँड्न लागेपछि मंंगलबार साँझ उनको घरपरिवारमा मात्र खुसीयाली थिएन, ज्याला मजदुरीमा काम गर्ने छिमेकीहरु समेत चयनको स्वश फेर्दै थिए । दुई दिनअघि छिमेकीले दिएको चामलबाट मंगलबार आधा पेट मात्र खाएर उनी विहानको पर्खाइमा थिए ।

रोल्पा फर्किएका बाल मजदुर भन्छन्ः ‘फेरि ईट्टाभट्टा जान नपरोस्’

रोल्पा नगरपालिका ९ होमाका १५ वर्षिय मानदेब बुढा दुई वर्ष अगाडीबाट काठमाण्डौको ईट्टाभट्टा जान थालेका हुन्। उमेर सानै भएपपनि उनले त्यहाँ ईट्टा बनाउने काम गर्थे। दिनमा एक हजार देखि पन्ध्र सय सम्म ईट्टा बनाउने उनले मासिक दश पन्ध्र हजारसम्म कमाउने गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्