४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सडक मजदुर अलपत्र

कोरोना भाइरस (कोभिड-१९)ले नेपालमा संक्रमण नफैलियोस भनेर सरकारले गरेको लकडाउनबाट सर्वसाधारण मारमा पर्न थालेको छन् । लकडाउन भएदेखि काम नभएका कारण सडक निर्माणमा काम गर्दै आएका नेपालगञ्जका ७ जना मजदुर मोरङमा अलपत्र परेका छन् ।

टिपरमा यात्रा, तीन गुणा बढी भाडा

उर्जा मन्त्री बर्षमान पुनले समन्वय गरी रोल्पा पु-याइएका उनीहरुले लाग्ने भन्दा दुईदेखि तीन गुणा बढी गाडी भाडा तिरेको बताए। अरूबेला  एक हजार रुपैयाँमा रोल्पा पुग्ने मजदुरहरूले संकटका बेला दुईदेखि तीन हजारसम्म तिर्नु परेको गुनासो गरे।

कोरोना संकटले लखेटिएकाहरु !

आइतबार बेलुका एउटा समाचार भाईरल भयो ‘उर्जा मन्त्री बर्षमान पुनले सयौ रोल्पालीलाई बस चढाएर घर पठाए ।’ समाचारमा भनिए जस्तो उपत्यकाका ईट्टाभट्टामा काम गर्ने मजदुरहरु रोल्पा आए पनि । तर उनीहरु सोमबार दिन भर होलेरी नजिकै सडकमा अलपत्र परे । मन्त्रीले होलेरीसम्मको भाडा तिरिदिएका कारण बस त्यो भन्दा अगाडि बढ्न मानेन भने उनीहरुलाई लिन स्थानीय सरकार पनि आएन ।

जब मजदुर र उनका परिवारलाई विदाई गर्न मन्त्री पुगे (फोटो फिचर)

उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका कामदार र उनीहरुका परिवारलाई घर पठाइएको छ। ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन मजदुर र उनका परिवारलाई विदाई गर्न पुगेका थिए।

मजदुर परिवारलाई दोस्रो चरणको ‘दैनिक उपभोग्य सामग्री’ वितरण सुरु

रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दोस्रो चरणको दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ । पहिलो चरणमा वितरण गरिएको सामग्री सकिएकाले दोस्रो चरणमा केही थप परिवारसहितलाई कुपन दिन थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सूचीकृत भएका परिवारलाई आइतबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो ।

अलपत्र परेका मजदुरहरुको सारथी बन्दै गुल्मीमा स्थानीय पालिका

लकडाउनका कारण सवारी साधनको अभावमा पैदल यात्रागरि गुल्मी आइपुगेका मजदुरहरुलाई गुल्मीका स्थानीय पालीकाहरुले उद्वार गरेका छन् । विभिन्न जिल्लाहरुबाट चार दिनसम्मको यात्रा गरि जिल्ला आइपुगेका ५३ जना मजदुरहरुलाई गुल्मीका स्थानीय तहहरुले सहयोग गरेका हुन् । पछिल्लो समयमा स्थानीय प्रशासनले बिरामी परेका र अत्यावश्यक काम बाहेक अन्य व्यक्तिहरुका लागि सवारी पास उपलब्ध गराउन छाडेपछि उनीहरु हिडेरै गन्तव्यमा पुग्ने सोंच बनाएका हुन् ।

पैदल आएका मजदुर क्वारेन्टाइनमा

लकडाउन लम्बिएसँगै खानेकुरा सिद्धिएपछि काठमाडौ लगायत बिभिन्न जिल्लाबाट आएका मजदुरलाई सिमानाबाट उद्धार गरि कैलालीका स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन्। दिनरात भोक प्यासै सयौ किलोमिटर पैदल हिडेर आएका मजदुर आफ्नै घर नजिकै क्वारेन्टाइनमा बस्न पाउदा खुसी छन्।

सल्यान हिँडेका मजदुर भन्छन् : घर त हिँडियो तर बाटोबाटै फर्काइयो

गाउँबाट बारम्वार फोन आईरह्यो। आफन्तले जतिबेला पनि गाउँ फर्की भन्थे। यहाँपनि खाना नपाएर भोकै मर्नुपर्ने स्थिती थिएन।

स्थानीयको सहयोग, राजमार्गमा हिड्ने मजदुरलाई खाना

फेदिखोला गाउँपालिका स्याङ्जा अन्तर्गत सर्केटारिमा स्थानीय बासिन्दाले बाटोमा हिड्ने श्रमिक लगायतका बटुवालाई खाना खुवाउन थालेका छन्।

जो भूकम्पमा ध्वस्त गोरखा ठड्याउन आएका थिए…

२०७२ सालको भूकम्पको केन्द्रबिन्दु गोरखामा ध्वस्त भएको विद्यालय, सरकारी भबन, स्तरीय सडक, ब्यक्तीको घर पुननिर्माण गर्न अन्य जिल्लाबाट आएका मजदुरहरुको लकडाउनका कारण बिचल्ली भएको छ। बैशाख ३ गतेबाट लकडाउन खुल्ने आशमा गोरखाको बिभिन्न गाउँमा रहेका मजदुरहरु फेरी थपिएपछि कहिले खुल्ने भन्ने निश्चित नहुँदा घर हिँडेका छन्। चिउरा र एक बोत्तलमा पानी बोकेर सयौँ मजदुर गोरखा बाहिरिने क्रम केही दिन यता चलिरहेको छ।

कार्टुन : यसरी त भोकै मरिन्छ हजुर !

कोरोना नियन्त्रणको लागि देशभर लकडाउन घोषणा गरिएको छ। दिनभर काम गरेर साँझ विहान खानेहरुका लागि कष्टकर जीवन सुरु भएको छ।

मजदुरको पीडा : छ त केवल भोक

विश्वमा कोरोनाको संत्रास छ। देश लकडाउनमा छ। बजार बन्दसँगै मजदुरी गर्नेले पसिना बगाउने ठाउँ पनि छैन। ति मजदुर जसले ठूला ठूला महल बनाए, चिल्ला सडक बनाए अहिले न उनीहरुसँग खाने रासन छ न सरकारले दिने राहतमा पहुँच। छ त केबल भोक छ। जसै भए पनि आफ्नो गाउँ पुग्ने हुटहुटी छ।

क्वारेन्टाइनमा बस्दै आएका घर फर्कन शुरु

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा क्वारेन्टाइनमा बस्दै आएका आठ मजदुर घर फर्किएका छन्।

यातायात मजदुरहरुले राहत नपाएपछि मन्त्री नेम्वाङको ध्यानाकर्षण

लकडाउनको बेला मजदुरहरुलाई राहत दिने सरकारले निर्णय गरेपनि यातायात मजदुरहरुले राहत नपाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार ध्यानाकर्षण गराएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्