५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कोरोना संकटले लखेटिएकाहरु !

हालेरीमा सोमबार दिनभर अलपत्र यात्रुहरु ।

रोल्पा- आइतबार बेलुका एउटा समाचार भाईरल भयो ‘उर्जा मन्त्री बर्षमान पुनले सयौ रोल्पालीलाई बस चढाएर घर पठाए ।’ समाचारमा भनिए जस्तो उपत्यकाका ईट्टाभट्टामा काम गर्ने मजदुरहरु रोल्पा आए पनि । तर उनीहरु सोमबार दिन भर होलेरी नजिकै सडकमा अलपत्र परे । मन्त्रीले होलेरीसम्मको भाडा तिरिदिएका कारण बस त्यो भन्दा अगाडि बढ्न मानेन भने उनीहरुलाई लिन स्थानीय सरकार पनि आएन ।

८ वटा बसमा रोल्पाको होलेरी नजिकै सडकमा अलपत्र मजदुरलाई ओत लाग्ने ठाउँ समेत थिएन । पानी परिरहेको सो समयमा बजार बन्द थियो । सयौको संख्यामा रहेका मजदुरका लागि स्थानीयको दैलो बन्द गरिएको थियो । साझ पख मात्र गाउँपालिकाहरुले मजदुर लिन गाडि पठाए । आफूले भोट हालेका स्थानीय सरकार दिनभर उद्धार गर्न नआएपछि मजदुरहरुले साह्रै चित्त दुखाएका थिए । उर्जा मन्त्रीले पठाएका ९ बस सोमबार बिहानै रोल्पा पुगेका हुन ।

रोल्पाली मजदुर संगै पूर्वी रुकुमका पनि सोहि समूहमा छन् । उनीहरुलाई लिन रोल्पाको सिमानासम्म गाडि आउने भनिएको भए पनि आउने हो या होइन त्यो पनि अनिश्चित छ । कोरोना महामारीको त्रास बरिहदा शंकास्पदहरुलाई ब्यवस्थित क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयको माग रहेको छ ।

स्थानीय तहको पहलमा सबैलाई आफ्नो पालिकामा पुर्‍याएर क्वारेन्टाइनमा राख्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताए । ढकालका अनुसार लकडाउन यता जिल्लामा कति मान्छे भित्रिए भन्ने आधिकारीक तथ्याङ्क थोरै छ । ‘कति आए भन्ने संख्या यकिन नभए पनि ३ दिन यता करिब ७ सय बढि रोल्पा भित्रिएका छन् ।’ उनका अनुसार यो भन्दा पहिले १ हजार बढि आएको आएका छन् । ‘अझै यत्तिकै सख्यामा आउछन् ।’

केहि दिन यता सयौको संख्यामा रोल्पा भित्रिएकाहरुलाई कोरोना भाइरस (कोभिड–१९) द्रुत परीक्षण गर्न सकिने अवस्था नरहेको स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिले बताए । ‘अब हामिसंग टेष्ट किट ३५ जति छ । पीपीई ६ मात्र छ ।’ उनका अनुसार एक जनालाई द्रुत परीक्षण गर्दा दुईवटा पीपीई खर्च हुने गर्दछ । सोमबारबाट क्वारेन्टाइनमा बस्ने र यो भन्दा अगाडि बसेकाहरुलाई परीक्षण गर्न थप किट र पीपीईको आवश्यकता रहेको स्वास्थ्य प्रमुख केसिले बताए ।

 

प्रकाशित: ८ वैशाख २०७७ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App