५ आश्विन २०८१ शनिबार
image/svg+xml

नगरपालिकाले क्वारेन्टाइनमा बसेका १८ कामदारलाई आफ्नै गाउँ ल्यायो

जिल्लको हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीस्थित क्वारेन्टीनमा राखिएका १८ मजदुरलाई बसमार्फत गाउँमा ल्याएको छ। भारतका विभिन्न स्थानमा मजदुरी काम गरेर घर फर्कने क्रममा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा चैत ११ गतेदेखि सुर्यदल गणले तयार पारेको क्वारेन्टाइनमा राखिएका १८ जनालाई टाँडीबाट बस मार्फत गाउँमा ल्याइएको हो। क्वारेन्टाइनमा राखिएका कामदारको नमूना परीक्षण गर्दा कोरोनाको रिपोर्ट  ‘नेगेटिभ’ देखिएपछि उनीहरूलाई बस मार्फत शनिबार साँझमा नगरपालिका ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

‘लकडाउन’को मारमा मजदुर

‘लकडाउन’का कारण सरकारी तथा गैरसकारी कार्यालयदेखि होटेल, पसल सबै पूर्ण रुपमा बन्द छन्। आर्थिक कारोबार ठप्प मात्र छैन, देशको अर्थतन्त्रमा समेत असर परेको छ। समग्रमा कोरोना संक्रमणले थलिएको विश्वमा नै आर्थिक गतिविधिमा व्यापक ह्रास आएको छ।

मजदुरी गर्ने परिवारलाई उपभोग्य सामग्री वितरण

रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने परिवारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सुरु गरेको छ। गाउँपालिकाले सूचीकृत भएका परिवारलाई सोमबारदेखि सामग्री उपलब्ध गराउन सुरु गरेको हो।

लकडाउनको मारमा परेका मजदुरलाई राहत दिने

जिल्लाको  हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका दैनिक ज्यालादारी मजदुरलाई राहत उपलव्ध गराउने भएको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका मजदुर परिवारलाई पहिचान गरेर नगरपालिकाले राहत प्रदान गर्ने तयारी गरेको हो।

‘लकडाउन’को मारमा परेका मजदुरलाई राहत दिने नगरको तयारी

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका दैनिक ज्यालादारी मजदुरलाई राहत उपलव्ध गराउने भएको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका मजदुर परिवारलाई पहिचान गरेर नगरपालिकाले राहत प्रदान गर्ने तयारी गरेको हो।

मजदुरी गरेर जीवनयापन गर्ने २ सय ८० परिवारका लागि कुपन वितरण

रसुवाको कालिका गाउँपालिकाले मजदुरी गरेर जीवनयापन गर्ने २ सय ८० परिवारका लागि कुपन वितरण गरेको छ। लक्षित परिवारले वडाबाट कुपन लिनसक्ने छन्।

सकियो पैसा, पुगिएन गन्तव्यमा

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन सरकारले चैत ११ गते बन्दाबन्दी (लकडाउन) लगायो। लकडाउनको पूर्व सूचना पाएका हजारौं सर्वसाधारण आफ्नो घर फर्किए। मुगु छायानाथ रारा नगरपालिका–२, तुमा गाउँका शिवराज रावल (२४) र सोही गाउँ धर्मसिंह रावल (३९) पनि आफ्नो मजदुरी छाडेर चैत ९ गते घर फर्कने निधो गरे।

काठमाडौँदेखि सप्तरीसम्म पैदल हिँड्नेको लर्को

सप्तरी जिल्लास्थित हनुमान नगरका पप्पु मण्डल विपी राजमार्गको शान्तिनगरमा हिँड्दै गरेका भेटिए। उनी चार दिनदेखि निरन्तर हिँडिरहेका थिए। काठमाडौमा मजदुरी गर्ने मण्डल चार दिन हिँडेर सिन्धुली आइपुगेका थिए।

कोरोना त्रासः न्यूनतम सुरक्षा पनि नअपनाई चिया मजदुरलाई कामको दवाव

देश पूर्णरुपमा लकडाउनमा रहेको बेला झापाका एक चिया व्यवसायीले मजदुरहरुलाई जबरजस्ती काममा लगाएका छन्। त्रिवेणी ग्रुप झापाले बर्ने चियाकमानका मजदुरहरुलाई न्युनतम सुरक्षा समते नअपनाइ जबरजस्ती काममा लगाएको यहाँका मजदुरहरुले गुनासो गरेका हुन्।

ज्यालादारी मजदुरलाई वडामै खाद्यान्न

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाका ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण भइरहेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी काम गर्न नपाउँदा हातमुख जोर्नै नसक्ने अवस्थामा पुगेका सर्वसाधारण मजदुरलाई नगरपालिकाले वडा कार्यालयमार्फत खाद्यान्न वितरण सुरु गरेको हो।

मजदुरको छाक टार्न घरदैलोबाट फुडबैंक

धनगढी उपमहानगरपालिका–३ गुरुद्वार टोलका स्थानीय युवाले टोलवासीको घरदैलोबाट राहत सङ्कलन गरेर फुड बैंकको स्थापना गरेका छन्।

काठमाडौंबाट हिँडेरै रौतहट

रौतहटका बूढापाकाहरु भन्छन्, ‘हामी त हिँडेरै नेपाल पुगेका छौँ र हिँडेरै घरसम्म आएका पनि छौँ। जाँदा चार दिन र फर्किदा चार दिन लाग्थ्यो।’

कोरोना कहर : जो हिँडेरै घर फर्किए (भिडियो)

काठमाडौंमा मजदुरी गर्दै आइरहेका वीरगञ्जका मञ्जित कुलेखानीमा भेटिए। पसिनाले निथ्रुक भिजेका उनलाई वीरगञ्ज पुग्नु थियो। उनी र उनका साथीहरु आज विहान ३ बजे काठमाडौंबाट वीरगञ्जका लागि पैदल हिँडेका हुन्। उनीसँगै छन् रक्सौलका मुस्लिम आलम। उनलाई पनि रोगको भन्दा भोकको पिर छ। 'काठमाडौंमा बसियो भने भोकै पर्ने भइयो', उनले भने, 'खानकै समस्या भयो जेनतेन ८ दिन कोठामै बसियो। अब काम पनि छैन रासन पनि छैन।'

कोरोना कहर, मजदुरमाथि अमानवीय व्यवहार

कोरोना भाइरसको महामारीले विश्वसहित नेपालमा पनि फैलिरहदा ‘हुने खानेको’ भन्दा ‘हँुदा खानेको’ दैनिकी कष्टकर बनेको छ। समाज शान्त तर अस्तब्यस्त देखिन्छ। सामान्य बिरामी र बाहिरबाट गाउँ आउनेप्रति पनि मानविय सम्बेदना देखिन छोडेको छ।

‘लकडाउन’ले मजदुरलाई मार परेपछि मोदीले मागे माफी

भारतमा एक सातादेखि जारी लकडाउनका कारण गरिबलाई ठूलो असर परेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। साप्ताहिक रेडियो सम्बोधन ‘मन की बात’ नामक कार्यक्रममार्फत उनले आइतबार लकडाउनका कारण दसौं लाख मजदुरलाई परेको दुःख आफूबाट नलुकेको स्पष्ट पारे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्