५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

लकडाउनको मारमा परेका मजदुरलाई राहत दिने

खोटाङ – जिल्लाको  हलेसी तुवाचुङ नगरपालिकाले ‘लकडाउन’को मारमा परेका दैनिक ज्यालादारी मजदुरलाई राहत उपलव्ध गराउने भएको छ। कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका ११ वटा वडाका मजदुर परिवारलाई पहिचान गरेर नगरपालिकाले राहत प्रदान गर्ने तयारी गरेको हो। 

दैनिक ज्यालादारीको काम गर्न नपाउँदा बिहान–बेलुकाको छाक टार्नै नसक्ने अवस्थामा पुगेका विपन्न परिवारको विवरण संकलनका लागि नोवेल कोरोना भाईरस रोकथाम तथा नियन्त्रण नगर स्तरिय समन्वय समितिमार्फत वडा स्तरिय समन्वय समिति निर्देशन दिइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड २०७६ अनुशार उनीहरुको तथ्यांक संकलन गरेर राहत प्रदान गरिने नगरपालिकाले जनाएको छ। 

मध्यपहाडी लोकमार्गमा हेल्थडेस्क 

हलेसी तुवाचुङ नगरपालिकाले मध्यपहाडी लोकमार्ग अन्तरगत च्यास्मीटार प्रहरीचौकीमा हेल्थडेस्क स्थापनाको तयारी गरेको छ। प्रशासनको सिफारिस लिएर मध्यपहाडी लोकमार्गको दिक्तेल–जयराम सडकमा अझै पनि सवारी साधनको बाक्लो आवत–जावत भइरहेकाले हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित प्रहरीचौकीमा हेल्थडेस्क स्थापना गर्ने तयारी गरिएको हो। प्रशासनको कागजात देखाएर हुने सवारी साधनको आवागमनले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा देखिएकाले सडकमै हेल्थडेस्क खडा गर्न लागिएको मेयर राईले बताए। 

विपत्तीमा सहयोग गर्न आग्रह 

हलेसी तुवाचुङ नगरपालिकाले संकटको घडीमा नगरबासीलाई सहयोगका लागि व्यक्ती तथा संघसंस्था लाई आग्रह गरेको छ। ‘लकडाउन’को मारमा परेका सर्वसाधारणको सहयोगका लागि नगर स्तरिय विपद व्यवस्थापन कोषको खातामा नगद वा खाद्यान्न सामग्री उपलव्ध गराउन आग्रह गरेको जनाएको छ। नगरपालिकामा गत चैत १ गते यता ३२ जना स्थानीय बिदेशबाट आएको तथ्यांक संकलन गरिएको र उनीहरुको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राख्ने निर्णय गरिएको मेयर राईले बताए। 
 

प्रकाशित: २४ चैत्र २०७६ ०७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App