५ आश्विन २०८१ शनिबार
image/svg+xml

निर्माण क्षेत्रका १० लाखभन्दा धेरै मजदूरको विचल्ली

दोलखाका मंगल नेपालीले कोटेश्वरमा घर निर्माणको काम गर्दै आफ्नो परिवारको गर्जो टार्दै आएका थिए। दैनिक ज्याला मजदूरी गरेर १२ सय रुपैयाँ कमाउँथे। सो रकमले पाँच जनाको परिवार जेनतेन रुपमा पाल्दै आइरहेका थिए। तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सन्त्राससँगै उनले गर्दै आएको घर निर्माणको काम समेत प्रभावित बन्यो।

ज्याला मजदुरी गर्नेलाई राहत दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड १९ महामारीका कारण सरकारले गरेको बन्दाबन्दी (लकडाउन)मा ज्याला मजदूरी गरी खाने श्रमजिवीका लागि तत्काल राहत उपलब्ध गराउन आदेश जारी गरेको छ।

जिल्लाभर लगत संकलन, इटहरीमा राहत वितरण सुरु

सुनसरी खनारको रिलायन्स स्पिनिङ मिलमा चार हजारभन्दा बढी कामदार काम गर्दै आएकोमा अहिले सीमितबाहेक अधिकतर घर फर्केका छन्। उद्योगमा काम गर्नेमध्ये एक हजार छ सय हाराहारी उद्योगले उपलब्ध गराएको आवासमा बसोवास गर्दै आएकोमा अहिले दुई सय पुग/नपुग छन्।

‘लकडाउन’मा काम गर्न नपाएका मजदुरलाई खाद्यान्न

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न सहयोग गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि लागू गरिएको ‘लकडडाउन’का कारण ज्यालादारी काम गर्न नपाउँदा समस्यामा परेका १७ कामदारलाई नगरपालिकाले खाद्यान्न प्रदान गरेको हो।

जब वडाध्यक्ष चामलको बोरा लिएर मजदुरकहाँ पुगे...

धादिङकी सावित्री बिक र उनका श्रीमान मोहनबहादुर दुई वर्षदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा बस्दै ज्याला मजदुरी गर्छन्। दिनभरको मजदुरीले साँझ विहानको छाक टार्ने बिक दम्पति लकडाउन भएसंगै काममा जान पाएका छैनन्। मजदुरी नगरी दुई छाक खानलाई पनि मुस्किल पर्ने उनीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन सरकारले गत मंगलबारदेखि एक साताका लागि मुलुक लकडाउन गरिएपछि एउटै चिन्ताले सतायो, ‘कोरोना लाग्नु पहिले भोकमारीले पो मरिन्छ क्या हो!’

पर्यटकको उद्धार, मजदुर बिचल्लीमा

विभिन्न क्षेत्रको पदयात्रा गएर पोखरा झरेका विदेशी पर्यटकको हवाईजहाजबाट उद्धार गरिएपनि पर्यटकसँगै पदयात्रामा गएका मजदुरको भने उद्धारमा समस्या भएको छ। विभिन्न पदमार्गबाट जसोतसो पोखरा झरेका मजदुरको उद्धार नहुँदा विचल्ली भएको पदयात्रा व्यावसायीले बताएका छन्।

खोटाङ मझुवागढी नगरपालिकामा मजदुरलाई खाद्यन्न वितरण

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘लकडाउन’का कारण काम गर्न नपाउँदा बिहान बेलुकी छाक टार्न समस्या भएका कामदारलाई खाद्यान्न सहयोग गरेको छ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिनका लागि सरकारले गरेको ‘लकडाउन’का कारण दैनिक ज्याला मजदुरीको काम गर्न नपाउँदा बिहान–बेलुकीको छाक टार्नै नसक्ने अवस्थामा पुगेका मजदुरलाई नगरपालिकाले खाद्यान्न सहायोग गरेको हो।

ज्यालादारी गर्नेहरुलाई दश किलो चामल र दुई किलो दाल घरमै पुर्‍याइने

तिलोत्तमा नगरपालिकाले दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्नेहरुलाइ राहत प्रदान गर्ने भएको छ। लकडाउनका कारण ज्याला मजदुरी रोकीएर समस्यामा परेका अति विपन्न मजदुर परिवारलाइ राहत स्वरुप दाल चामल र नुन उपलब्ध गराउने नगरपालिकाले जनाएको छ।

सडक मजदुरले पाएनन् तलब

विभिन्न माग राखिएका प्ले कार्डसहित मजदुरको भीडमा भेटिएका विकले एक वर्षदेखि बेनी–जोमसोम–कोरला सडकमा जाली बुन्ने काममा खटिए पनि तलब पाएका छैनन्।

इँटा बनाएर मासिक एक लाख आम्दानी

मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण इँटा उद्योगमा काम गर्ने मजदुरले देखाएका छन्। राम्रो कमाइ गर्नका लागि विदेशै जानुपर्छ भन्ने सोचाईलाई मजदुरले हटाइदिएका छन्।

नवउदारवादको प्रतिफल

वर्तमान समाज धनी र गरिब, मालिक र मजदुर, जमिन्दार र किसान, विभिन्न वर्गमा वर्गीकृत छ। १ प्रतिशत पुँजीपति वर्गसँग राज्यको कूल सम्पत्तिको करिब आधा हिस्सा पुँजी अधीनस्थ छ। हाम्रो समाजमा भूमि भूमाफियाको कब्जामा छ, श्रम विदेश पलायन छ, पुँजी दलाल पुँजीपतिहरूको अधीनमा छ र सरकार माफियाको चँगुलमा फसेको छ। यही पृष्ठभूमि भएर होला, सरकारका मुख्य पदाधिकारीहरूले आफू घेराबन्दीमा परेको भनेर बारम्बार अलापिरहेका छन्।

औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य

नेपालगञ्ज औद्योगिक क्षेत्रमा भारतीय मजदुरको बाहुल्य छ। नेपालमा रोजगारीको समस्या भइरहेको भनिरहेको अवस्थामा यहाँका औद्योेगिक क्षेत्रमा काम गर्ने अधिकांश कामदार भारतीय रहेका छन्। धातुजन्य तथा प्लाइउड उद्योगलाई चाहिने दक्ष जनशक्ति नेपालमा नहुँदा भारतीय कामदारको बाहुल्य रहेको छ।

युवा विदेशिएपछि कृषि मजदुरको अभाव

यतिबेला पर्वत जिल्लाका विभिन्न गाउँमा किसानलाई धान काट्ने र थन्क्याउने चटारो छ। अन्य काम गर्न त्यति फुर्सद छैन, तर धान काट्न भने सबैलाई भ्याइनभ्याइ छ। रोजगारका लागि युवाहरु विदेशिएपछि पर्वत जिल्लाका गाउँमा कृषि मजदूरको अभावमा किसान समस्यामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्