५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुरुङभित्र फसेका चार मजदुर मध्ये दुईको शव भेटियो, दुई अझै बेपत्ता

कालङ्गा आयोजनाको सुरुङभित्र थुनिएका चार मजदुर मध्ये दुईको शव फेला परेको छ। अन्य दुई सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

कालङ्गा सुरुङभित्रै थुनिए चार मजदुर, अवस्था अज्ञात

बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन्। उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन्।

दसैं सकियो, कालापहाड जानेको लर्को

दसैं सकिएसँगै कर्णाली प्रदेशका बस्तीहरु खाली हुँदैछन्। चाडपर्व मान्न आएकाहरु पुनः रोजगारीका लागि गन्तव्यतर्फ फर्किनेक्रम सुरु भएको छ। कर्णालीका अधिकांश युवाहरुका लागि रोजगारीको गन्तव्य भारत हो। भारतका उत्तराञ्चल, हिमाञ्चल, उत्तराखण्डलगायतका पहाडी र हिमाली क्षेत्रमा गएर यहाँका यु्वाहरु मजदूरी गर्छन्।

ठेकेदारले सुरक्षा सामाग्री नदिएपछि जोखिम मोलेरै काम गर्न बाध्य मजदुर

सुरक्षाका सामाग्री प्रयोग नगरी मजदुहरुले जोमिख पुर्ण अवस्थामा काम गर्दै आएका छन्। दैनिक ज्यालादारीमा काम गर्दै आएका मजदुरहरुले सुरक्षाका लागी प्रयोग गर्ने कुनै पनि वस्तु प्रयोग गर्दैनन्।

धादिङमा ट्याक्टर दुर्घटना, ९ सडक मजदुर घाइते

धादिङबेंसी–सल्यानटार सडकखण्ड अन्तर्गत नीलकण्ठ नगरपालिका वडा नं ९ को ज्यामिरेमा ट्याक्टर दुर्घटना हुदाँ ९ जना सडक मजदुर घाइते भएका छन्। शनिबार बिहान ज्यामिरेबाट धादिङबेसीतर्फ आउदै गरेको ना ६ त २७८० नम्बरको ट्रयाक्टर तीब्र गतिका कारण अनियन्त्रित भई सडकको नालीमा पल्टिएको हो।

नेमकिपाले तोक्यो प्रदेश संयोजक

सातौ महाधिवेशनपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय समितिको मंगलबार बसेको पहिलो बैठकले प्रदेश संयोजक तोकेको छ। पार्टीले सातवटा प्रदेशमा सात संयोजक तोकेको हो।

नेमकिपा अध्यक्षमा पुनः विजुक्छें

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका छन् । पार्टीको भक्तपुरमा सम्पन्न सातौं महाधिवेशनबाट विजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

जनरल मोटर्सका ४६ हजार मजदुर हड्तालमा

संयुक्त राज्य अमेरिकास्थित युनाइटेड अटो वर्कर्स युनियन ( युएडब्लु)ले जनरल मोटर्स (जिएम) विरुद्ध सोमबार राष्ट्रव्यापी हड्ताल सुरु गरेको छ। मजदुरसँगको सम्झौताका विषयमा विवाद उत्पन्न भएपछि अमेरिकाभरका करिब ४६ हजार मजदुर हड्तालमा उत्रिएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

भारतीय मजदुरको मृत्यु

जिल्लाको सदरमुकाम जलेश्वर बजारमा बिहीबार साँझ प्लाइले किचिएर एक भारतीय मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत भिट्ठा गाउँपञ्चायत बस्ने ४५ वर्षीय महेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

नेमकिपाको सातौं महाधिवेशनको असोजमा

नेपाल मजदुर किसान पार्टीको सातौ महाअधिवेशन असोज ३, ४ र ५ गते भक्तपुरमा हुने भएको छ। अधिवेशन भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी खुला जग्गामा हुने जनाइएको छ।

पेट्रोलियम मजदुर आन्दोलित

पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका मजदुरले सरकारले तोकेको न्यूनतम पारिश्रमिकसहितका सुविधा नपाएको भन्दै पेट्रोलियम पदार्थको ढुवानी रोक्ने चेतावनी दिएका छन्।

डिपिआरको काम गर्ने मजदुरले ज्याला पाएनन्

नलगाड हाइड्राे पावर कम्पनीको विस्तृत योजना प्रतिवेदन ९डिपिआर०को काम गर्न खटिएका मजदुरले ज्याला पाएका छैनन्। बाँधस्थल बारेकोट गाउँपालिका–८ अधेरीखोला र विद्युत्गृहस्थल नलगाड नगरपालिका–७ मा काम गर्ने मजदुरले काम गरेको रकम नपाएका हुन्। निर्माण कम्पनीले रु सात लाखभन्दा बढी रकम मजदुरलाई भुक्तानी दिन बाँकी रहेको उनीहरुले बताएका छन्।

भुक्तानी नपाए सिनो हाइड्रोलाई काम गर्न नदिने चेतावनी

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो छनोट भएपछि पूर्वठेकेदार इटालियन सिएमसीका आपूर्तिकर्ता, स्थानीय बिक्रेता र मजदुरले आफ्नो बाँकी रकम भुक्तानी नपाए नयाँ कम्पनीलाई काम गर्न नदिने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्