५ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नगरपालिकाले क्वारेन्टाइनमा बसेका १८ कामदारलाई आफ्नै गाउँ ल्यायो

खोटाङ – जिल्लको हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीस्थित क्वारेन्टीनमा राखिएका १८ मजदुरलाई बसमार्फत गाउँमा ल्याएको छ। भारतका विभिन्न स्थानमा मजदुरी काम गरेर घर फर्कने क्रममा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा चैत ११ गतेदेखि सुर्यदल गणले तयार पारेको क्वारेन्टाइनमा राखिएका १८ जनालाई टाँडीबाट बस मार्फत गाउँमा ल्याइएको हो। क्वारेन्टाइनमा राखिएका कामदारको नमूना परीक्षण गर्दा कोरोनाको रिपोर्ट  ‘नेगेटिभ’ देखिएपछि उनीहरूलाई बस मार्फत शनिबार साँझमा नगरपालिका ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। 

मजदुरी काम गरेर फर्कनेक्रममा बाटैमा क्वारेन्टाइनमा राखिएका उनीहरूलाई अरूको सम्पर्कमा जान नदिइ सिधै होम क्वारेन्टाइनमा पु¥याउने व्यवस्थाका लागि नगरपालिकाले शुक्रबार बससहितको कर्मचारी पठाएको थियो। १८ कामदारलाई हप्ता दिनसम्म होम क्वारेन्टाइनमा बस्ने र घरबाट बाहिर नजाने शर्तमा घर पठाउने व्यवस्था मिलाइएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

टाँडीको क्वारेन्टाइनमा १७ दिन बसेर घर फर्कनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ६ जना, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका ६ जना, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ३ जना र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका ३ जना छन्। उनीहरुलाई गाउँ ल्याउनका लागि नगरका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरे र देवराज केसी टाँडी पुगेका थिए। 

 

प्रकाशित: ३० चैत्र २०७६ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App