२४ वैशाख २०८१ सोमबार
image/svg+xml

‘ब्याक’ भए बागी

टिकट वितरणमा असन्तुष्टि पोख्दै दर्ता भएका अधिकांश स्वतन्त्र उम्मेदवारी फिर्ता भएका छन् । स्वतन्त्र उम्मेदवारहरूले वाम वा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । यसले गर्दा प्रायः सबै जिल्लामा द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

जाजरकोटमा वाम गठबन्धनका तीन बागीद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर १० गते हुने  प्रतिनिधि सभा र   प्रदेश सभाको  निर्वाचनका लागि  वाम गठवन्धनको सहमति विपरित परेका उम्मेदवारीहरु फिर्ता भएका छन्।  एमाले माओवादीको कार्यदलले गरेकोे पुरानो सहमति फेरिएपछि  दुवै पार्टीका तर्फबाट परेका उम्मेदवारीहरु फिर्ता भएका हुन्।

बार्गेनिङ गर्दै ‘बागी’

जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी (स्वतन्त्र) उम्मेदवारी दिएका एमालेका गोविन्दविक्रम शाहलाई फकाउन पार्टीले अनेक प्रयास गरेको छ । तर, मंगलबार साँझसम्म उनी गलेका छैनन् । बरु उनले ‘बार्गेनिङ पावर’ बढाउँदै भन्ने गरेका छन्– मेरो स्थान कहाँ हो, देखाइयोस्, बस्न तयार छु ।

बागी फकाउँदै वाम गठबन्धन, काँग्रेसलाई पनि आफ्नैको डर

नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गर्दै पार्टी एकता गर्नेसम्मको घोषणा गरेपछि एकाएक दुई ध्रुवमा बाँडिएको यहाँको राजनीतिक चहल पहल एक पटक छताछुल्ल भएको छ। स्थानीय स्तरमा जनमतको ख्यालै नगरी केन्द्रले निर्णय गरेर उम्मेदवार तय गरेको भन्दै यहाँको वाम गठबन्धनमा आवद्धबाटै बागी उम्मेदवारी दर्ता भएको छ।

ओखलढुंगा काँग्रेसमा बल्झियो बागीको घाउ

ओखलढुंगामा काँग्रेसका आधिकारिक उम्मेद्वारविरुद्ध बागी उम्मेद्वारी दोहोरिएको छ। फरक भूगोलका नेतालाई उम्मेद्वार बनाएको विरोधमा २०६४ सालमा बागी उम्मेद्वारी खेपेको ओखलढुंगा कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि बागी उम्मेद्वारी बेहोर्नु परेको हो।

६ जिल्लामा बागी

चुनावी परिणाम आफ्नो पक्षमा पार्न तालमेल गरेका प्रमुख दलमा आन्तरिक व्यवस्थापन गर्न नसक्दा असन्तुष्टि चुलिएको छ ।परिणामस्वरुपरामेछाप, ओखलढुंगा, मनाङ, जाजरकोट, मुगु र बझाङ जिल्लामा विद्रोही उम्मेदवारी परेको छ ।

प्रदेश ६ : वाम गठबन्धनमा बागीको बिगबिगी

माओवादी केन्द्रका ‘शक्तिशाली’ नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आइतबार वाम गठबन्धनका तर्पmबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा उम्मेदवार बने ।

बझाङमा एमालेको बागी

प्रदेश नम्बर ७ मा पहिलो चरणमा निर्वाचन हुने ४ जिल्लामध्ये बझाङमा एमालेको असन्तुष्ट पक्षले बागी उम्मेदवारी दर्ता गराएको छ । १ निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेका जिल्ला कमिटीका सचिवालय सदस्य गोपालबहादुर खड्काले प्रतिनिधिसभा सदस्यमा बागी उम्मेदवारी दिएका छन् ।

फरक भूगोलको उम्मेदवार बनाएको भन्दै बागी

ओखलढुंगामा कांग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी परेको छ। आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेद्वार प्रदीप सुनुवार विरुद्ध ज्ञानेन्द्र रुम्दालीको बागी उम्मेद्वारी परेको हो। टिकट वितरणमा केन्द्रबाट गलत निर्णय भएको भन्दै जिल्ला सभापति रहेका सुनुवार बिरुद्ध तरुण दलका जिल्ला सभापति रुम्दालीको बागी परेको हो।

पहिलो चरण निर्वाचन : बहालवाला मन्त्रीदेखि बागीसम्म

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिनेमा ‘हेभी वेट’ नेता पनि छन् । त्यस्तै केही बहालवाला मन्त्री पनि उम्मेदवार बनेका छन् ।

जाजरकोटमा वाम गठवन्धन संकटमा, पूर्व गृहमन्त्री बस्नेतविरुद्ध बागी उम्मेदवार

केन्द्रमा शिर्ष नेताहरुले गरेको सहमति जिल्लामा कार्यान्वयन नभएपछि जाजरकोटमा वाम गठवन्धन अप्ठेरोमा परेको छ।

बागीलाई कारवाही गर्न काँग्रेसद्वारा समिति गठन

नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा पाँच सदसीय अनुशासन समिति गठन गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बाघी उम्मेदवारी दिनेलाई कारवाही गरी छाड्ने प्रतिवद्धता जनाएका सभापति शेरबहादुर देउवाले बुधबार नयाँ दिल्ली उड्नु अघि अनुशासन समिति गठन गरेका हुन्।

सुन्दरबजार नगरपालिकामा कांग्रेसको प्रमुख देखि सदस्यसम्मै बागी

सुन्दरबजार नगरपालिकामा नेपाली काँग्रसको बागी उम्मेदवारी परेको छ। नेपाली काँग्रेसका नगर सभापति द्वारिका मिश्रले नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

कांग्रेसले बागीलाई कारबाही गर्ने

कांग्रेसले आधिकारी उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी र्फिता लिन आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्