१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसले बागीलाई कारबाही गर्ने

काठमाडौं- कांग्रेसले आधिकारी उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेताहरुलाई उम्मेदवारी र्फिता लिन आग्रह गरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै आधिकारी उम्मेदवारविरुद्ध दिएको मनोनयन र्फिता लिन आग्रह गरेका हुन्।

निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी र्फिता लिन आग्रह गर्दै कांग्रेसले त्यसलाई अस्वीकार गरे कारवाही गर्ने चेतावनी दिएको छ। ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी र्फिता नलिएमा त्यस्ता वागी उम्मेदवार र नीजको प्रस्तावक र समर्थक नेपाली कांग्रेसको विधान २०१७(संशोधित र परिमार्जित) को धारा ४९(११) ख अनुसार पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा निर्णयअनुसार जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २० वैशाख २०७४ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App