नाता कुटुम्बको अनुहार नहेरी कारबाही गर्छौं -सञ्चार मन्त्री (भिडियो)
‘सबैखाले भ्रष्टाचार रोक्न सरकारले कदम अघि बढाइसकेको छ, अब कारबाही गरेरै छोड्छौं।
‘सबैखाले भ्रष्टाचार रोक्न सरकारले कदम अघि बढाइसकेको छ, अब कारबाही गरेरै छोड्छौं।
प्रदेश २ ले आफ्नो प्रदेश सरकार र प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगरिदिन लोकसेवा आयोगलाई आग्रह गरे पनि स्थानीय तहको पदपूर्ति भने नरोकिने भएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगलाई मंगलबार पत्र लेख्दै प्रदेश र सोभित्रका स्थानीय तहमा कर्मचारी भर्ना विज्ञापन नगर्न आग्रह गरे पनि स्थानीय तहका लागि कर्मचारी भर्ना भने नरोकिने भएको हो।
आर्थिक कार्यविधि २०६४ बमोजिम ठेक्कापट्टा स्वीकृत गर्ने कार्य आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा गरिसक्नु पर्छ
जीर्ण भवन। बर्खामा पानी जम्ने कोठाहरू। भत्किएका भित्ता। झयालढोका पनि जीर्ण बनिसकेका। भवनको तीनतिर काँडे झाडी। च्यातिएको फल्स सिलिङ। बिग्रेका पुराना काठे र खिया लागेका टिनका दराज।
२०६१ सालमा ललितानिवासका तत्कालीन भोगाधिकारीबाट एकैपटक खरिद गरेका भूमाफियाले त्यसको केही वर्षभित्रै दुईतिहाइभन्दा बढी भाग बिक्री गरेका थिए।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारबाट मुक्ति चाहेको बताएका छन्। कांग्रेस कैलाली क्षेत्र नं. १ ले टीकापुरमा निर्माण गरेको विपी स्मृति भवनको मंगलबार उद्घाटन गर्दै देउवाले ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई आजित पारेको आरोप लगाए।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ र व्यापारीको मिलेमतोमा हडप्न लागिएको एक अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा सरकारले फिर्ता ल्याएको छ। ललितपुर महानगरपालिका–३ स्थित कित्ता नम्बर १८६ को ७ रोपनी १० आना जग्गा पुनः सरकारका नाममा ल्याइएको हो। यो जग्गा संघको भोगाधिकारमा थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २०७५ सालमा सरकारको गतिविधि निराशाजनक भएको आरोप लगाएको छ। वर्ष २७५ मा सरकारले गरेको गतिविधिको समीक्षा गर्न पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनै पनि हालतमा दर्ता नहुने बताएकी छन्।
सरकारले ट्याक्सीमा सीमित व्यवसायीको एकाधिकार तोड्दै नयाँ ट्याक्सी दर्ता खुला गर्ने तयारी गरेको छ। सरकारले यसअघि नयाँ ट्याक्सीको दर्ता प्रक्रिया नखोल्दा सीमित ट्याक्सी व्यवसायीको एकाधिकारलाई संरक्षण गर्दै आइरहेको आरोप खेपेको थियो।
संघीय सरकारले समायोजन गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका छन्। आफूसँग साविकमा कार्यरत कर्मचारी पर्याप्त भएको भन्दै संघीय सरकारले पठाएका कर्मचारी फिर्ता गरिएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कब्जा गरिएका सरकारी जग्गा फिर्ता गराइने बताएका छन्। नयाँ वर्षको अवसरमा आइतवार प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रधी ओलीले भ्रष्ट र अनैतिक मान्छे नेपाली हुनै नसक्ने बताए।
शनिबार अबेर साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्ता निष्कर्षमा पुगेको छ। सरकारले सरकारी चिकित्सकलाई १५ दिनसम्म समस्या समाधान गरिदिने प्रतिबद्धता जनाएपछि सरकारी डाक्टरले आन्दोलनको कार्यक्रम स्थगित गरेका हुन्।
प्रदेशतर्फको आवास कार्यक्रम र संघबाट हस्तान्तरित आवास कार्यक्रमअन्तर्गत पाँचथरमा पहिलोपल्ट जनताको घर निर्माण गर्न लागिएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए।
गठन भएको डेढ वर्ष वितिसक्दा समेत यहाँका स्थानीय तहमा अझैसम्म पनि बैंक नहुँदा सरकारी कामकाजमा समस्या भएको छ।