८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाल—चीन जोड्ने तातोपानी नाकाबाट मानिस आवतजावत शुरु

नेपाल–चीनको उत्तरी सीमानामा रहेको तातोपानी नाकामा मानव आवतजावत सुचारु भएको छ।

तातोपानी नाकाबाट तिब्बत प्रवेश गर्न २२७ स्थानीयले पाए प्रवेश पास

सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकका बासिन्दाले मात्र प्रवेश पास पाउँछन् । शुक्रबारसम्म २ सय २७ स्थानीयले यस्तो पास पाएका छन् ।

पाल्पा दुर्घटनाका मृतकको पहिचान खुल्यो

स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ ।

गाउँगाउँमै बजार

कुनै समयमा बागलुङ बजार धौलागिरि क्षेत्रको व्यापारिक केन्द्र थियो। बागलुङका दूरदराजदेखि पर्वत, म्याग्दी र मुस्ताङमा यहाँबाट सामान पुग्थ्यो।

‘कहिले खुल्छ टिप्ताला नाका?’

ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ। चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरूले सास्ती खेप्नुपरेको छ।

अनशनमा आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको माइतीघर मण्डलमा अनशन बसेकाहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

कर्णालीको कहर

कसैले कसैलाई छिः छिः र दूरः दूरः गर्‍यो भने ‘कर्णालीलाई हेपे जस्तो’ भन्ने प्रतिक्रिया प्राप्त हुन्छ जोकसैको मुखबाट पनि। खासमा सबैतिरबाट हेपिएका कारण नै कर्णाली हेपाइ र पिल्साइको पर्याय बन्न पुगेको हो।

सिंहदरबार पुनर्संरचना गर्न १० अर्ब

मन्त्रालयले तयार गरेको सिंहदरबार परिसर गुरुयोजना प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ६ नेपालीको ज्यान गयो

शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको छ।

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए।

बेवारिसे बम विस्फोट घटनाका पीडितले पाएनन् क्षतिपूर्ति

बम विस्फोट घटनामा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीया सरस्वती रानाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो।

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल पक्राउ

बलात्कार आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्।

राष्ट्रिय सुरक्षा र सेनाका विषयमा हल्का टिप्पणी नगरौँ : सुरक्षाविद्

जानकारहरूले राष्ट्रिय सुरक्षा र सेना जस्तो संवेदनशील विषयमा हल्का प्रतिक्रिया र पर्न सक्ने असरको आकलन नगरी टीकाटिप्पणी नगर्न सुझाव दिएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्