१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अनशनमा आयोगको चासो

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको माइतीघर मण्डलमा अनशन बसेकाहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। विगत लामो समयदेखि माइतीघर मण्डलमा दोषीलाई कानुनी कारबाहीको माग राखी निरन्तर अनसनमा बस्ने गरेका छन्।

ती अनशनकारीको मानव अधिकार अवस्थाप्रति आयोगले निरन्तर अनुगमन गरिरहेको बताउँदै ध्यानाकर्षण गराएको हो। आयोगले धनुषाकी आरती साहको मृत्युको घटनाका दोषीलाई शीघ्र कारवाही हुनुपर्ने मागलाई सम्बोधन गर्न भनेको छ।

आयोगले बुधबार एक विज्ञप्ति प्रकाशित गरी करिब दुई महिनादेखि मृतक साहका आफन्तहरू र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै रावल अनशन बसिरहेको उल्लेख गरेको छ।

निरन्तर अनसनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमासमेत समस्या भएको अनुगमनको क्रममा भेटिएको मानवअधिकार आयोगले जनाएको छ।

आयोगले अनशनरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारी निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेको उल्लेख गरेको छ।

प्रकाशित: ३२ श्रावण २०८० ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App