१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिंहदरबार पुनर्संरचना गर्न १० अर्ब

सिंहदरबार गुरुयोजना पारित

करिब १० अर्ब खर्च गरेर प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार परिसरलाई पुनर्संरचना गर्ने भएको छ। पुनर्संरचनापछि सिंहदरबार परिसरभित्र नेपालको संस्कृति, परम्परा र इतिहास झल्कनेगरी ५ वटा सानासाना पोखरी निर्माण हुने भएका छन्।

यसैगरी आपतकालीन अवस्था र आवश्यक परे अति विशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी एउटा हेलिप्याड निर्माण गरिने भएको छ।

मन्त्रालयले तयार गरेको सिंहदरबार परिसर गुरुयोजना प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ। मन्त्रालयका प्रवक्ता प्रदीप परियारले मन्त्रिपरिषद्ले पारित गरेका गुरुयोजनालाई अर्थले सहमति दिने वित्तिकै योजना कार्यान्वयन अघि बढ्छ। सिंहदरबार गुरु योजनाका लागि करिब १० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको उनको भनाइ छ।

करिब १० अर्ब खर्च गरेर प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार परिसरलाई पुनर्संरचना गर्ने भएको छ। पुनर्संरचनापछि सिंहदरबार परिसरभित्र नेपालको संस्कृति, परम्परा र इतिहास झल्कनेगरी ५ वटा सानासाना पोखरी निर्माण हुने भएका छन्।

२०३० सालमा सिंहदरबारमा आगलागी भएदेखि नै सिंहदरबार परिसरलाई पुनर्संरचना गर्न पटकपटक प्रयास गरिएको थियो। मन्त्रालयका अनुसार पुनर्संचरना गर्ने नाममा अहिलेसम्म कम्तीमा १६ वटा सरोकारवाला निकायको बैठक बसीसकेको छ। मन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘बल्ल यसपटक यो प्रस्तावले मूर्त रूप पाएको छ।’

मन्त्रिपरिषद्ले पारित गरेको प्रस्तावमा परिसरभित्र बहुतले पार्किङ बनाउने, परिसरले ओगटेको कुल क्षेत्रफलमा कम्तीमा ३० प्रतिशत जग्गामा हरियाली क्षेत्र बनाउने, ठाउठाउमा बगैंचा बनाउने, पार्किङ क्षेत्रलाई व्यवस्थित बनाउनेलगायतका विषय समेटिएको छ।

२०३० सालमा सिंहदरबारमा आगलागी भएदेखि नै सिंहदरबार परिसरलाई पुनर्संरचना गर्न पटकपटक प्रयास गरिएको थियो।

‘मुलुकमा दैवी प्रकोप भयो अथवा कुनै कारणले आपतकालीन अवस्था आयो भयो भने त्यस्तो अवस्थामा प्रयोग गर्न सक्नेगरी सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण गर्ने विषय गुरु योजनामा राखिएको हो,’ मन्त्रालय स्रोतले बतायो।

मन्त्रालयका अनुसार सिंहदबार क्षेत्रलाई व्यवस्थित बनाउन यसअघि तयार पाएिको गुरुयोजनामा केही परिमार्जन गरिएको छ। मन्त्रिपरिषदले परिमार्जन गरिएको गुरु योजना पारित गरेको छ। परिवर्तित गुरुयोजनामा हेलिप्याड निर्माण गर्न प्रस्ताव गरिएको हो।हेलिप्याड कहाँ बनाउने भन्नेमा अध्ययन भइरहेको जनाइएको छ।

मन्त्रालयका अनुसार संसद् सचिवालयको भवन निर्माणको काम पूरा भएपछि त्यसमा संसद् सचिवालयको कार्यालय सर्नेछ। त्यस्तै हाल संसद् सचिवालय कार्यालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय र हाल गृह मन्त्रालय रहेको भवनमा सहरी विकास मन्त्रालय सार्न प्रस्ताव गरिएको स्रोतले बतायो। अहिले स्वास्थ्य मन्त्रालय मात्रै सिंहदरवार परिसर बाहिर छ।

मन्त्रालयका अनुसार गुरु योजनामा गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका लागि दुई वटा छट्टाछुट्टै नयाँ भवन निर्माण गर्न प्रस्ताव गरिएको छ। गृह र परराष्ट्र मन्त्रालयका लागि बनाइने भवनमा पार्किङ व्यवस्था जमिनमुनि (अण्डरग्राउण्ड) गरिनेछ। सिंहदरबार परिसरभित्रका बिजुली, टेलिफोनलगायतका तारलाई जमिनमुनि राखिनेछ। सिंहदरबारको सौन्दर्य बढाउन जमिनमुनि तार राख्न गुरु योजनामा प्रस्ताव गरिएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार संसद् सचिवालयको भवन निर्माणको काम पूरा भएपछि त्यसमा संसद् सचिवालयको कार्यालय सर्नेछ।

संघीय सचिवालय निार्माण तथा व्यवस्थापन कार्यालयका कार्यालयका अनुसार सिंहदबारलाई नयाँ डिजाइनसहित पुनर्संरचना गरी थप आकर्षक बनाइनेछ। परिसरभित्र आकर्षक बगैंचा तथा पार्क थपिनेछन्। अहिले भइरहेका पार्कलाई झनै सौन्दर्यकरण गरिनेछ।

राज्यका तीन अंगमध्ये हाल कार्यपालिका मात्र सिंहदबारभित्र छ। अब न्यायपालिका र व्यवस्थापिका पनि सिंहदरबारभित्रै रहनेगरी डिजाइन तयार गरिएको छ। नयाँ गुरुयोजनाअनुसार सिंहदरबार परिसरभित्र रहेका साना टहरा हटाएर पार्किङ व्यवस्थित गरिनेछ।

मन्त्रिपरिषद्ले पास गरेको गुरु योजनामा सुरक्षाकर्मी बस्ने ठाउँ पनि व्यवस्थित र प्रविधियुक्त बनाइने भएको छ। ८ सय ७ रोपनीमा फैलिएको सिंहदबारा व्यवस्थित र आकर्षक बनाउनेगरी योजना बनाएको मन्त्रालयको भनाइ छ। 

प्रकाशित: २८ श्रावण २०८० ०२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App