१० मंसिर २०८१ सोमबार
image/svg+xml

मानव तस्करीको डरलाग्दो सेटिङ

नेपाल त्यस्तो देश हो जहाँ हुनुपर्ने काम हुँदैन तर नहुनुपर्ने काम भने सबै हुन्छन्। विशेषगरी सरकारी आहरू सर्वसाधारणको नागरिकता बनाउने, अंश बन्डा गर्ने, राहदानी बनाउने, जन्म दर्ता गर्ने, उद्योग खोल्ने जस्ता विषयमा ‘प्रक्रिया नमिलेको’, ‘कागजात नपुगेको’ जस्ता बहानामा काम रोकिदिन्छन्।

प्रहरीलाई दंगा नियन्त्रण सामान अभावः ठेकेदारको सेटिङले नागरिक सुरक्षामा खेलवाड

नेपाल प्रहरीलाई अत्यावश्यक राइट कन्ट्रोल गियर (दंगा नियन्त्रक सामग्री) को अभाव भएको छ। ठेकेदार कम्पनीको नेपाल एजेन्ट कालोसूचीमा परेका कारण सामग्री खरिद हुन नसक्दा अभाव भएको हो।

सुन तस्करी सेटिङमा को-को संलग्न छन्? अनुसन्धान आबश्यक छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विमानस्थलबाट सुन तस्करी सेटिङबाटै भइरहेको बताएका छन्।

सुनको ‘सेटिङ’

सर्वसाधारण नेपालीले विदेशबाट लिएर आएका एक बोतल रक्सी वा एउटा मोबाइलमा आँखा लगाउनेहरूको ध्यान करोडौँको तस्करीमा जाँदैन। जाओस् पनि कसरी ? यसमा सबैको भागशान्ति हुन्छ।

सेटिङमा अवैध उत्खनन, स्थानीय आजित

अनियन्त्रित उत्खनन बन्द गराउन जुटेका प्रमुख प्रशासकीय अधिकृत आफ्नै कार्यकक्षमा बन्धकमा पारिनुका साथै आक्रमणमा समेत परेका छन्।

विकासमा ‘घरबेटी’ राज

जबसम्म राजनीतिक नेतृत्वले आफूलाई यस्ता बेथितिबाट अलग गर्न सक्दैन तबसम्म नेपालमा सुधारको सम्भावना कम हुन्छ।

सिरहाका सिमानाकामा फस्टाउँदै तस्करीः घुमुवा प्रहरी मिलाउँछन् सेटिङ

पछिल्लो समय सिरहामा घुमुवा प्रहरीसँगको सेटिङमा तस्करी बढेको छ। सादा पोसाकमा खटिने घुमुवा प्रहरीसँग सेटिङ मिलाएर तस्करले सीमाबाट मालसामान वारपार गर्ने क्रम फस्टाउँदो छ।

भ्रष्टाचारले थलिँदै स्थानीय तह

गाउँपालिकाहरूमा अनियमितता गर्ने र ढाकछोप गर्नेको जालो छ। सेटिङमा अटाउने कर्मचारीलाई कानुनी प्रावधान मिचेर जिम्मेवारीमाथि जिम्मेवारी थपिएको छ। नियम र कानुनी प्रावधानको धज्जी उडाउँदै भएका र भइरहेका अनियमितताको इमानदार छानबिन हुनुपर्ने उपभोक्ता बताउँछन्।

कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ अभियान

जिल्ला प्रहरी कार्यालय कैलालीमा भर्खरै सरुवा भएर आएका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आइतबार पत्रकारसँग भेटघाट र छलफल कार्यक्रम गरे। जिल्लामा शान्ति सुरक्षा परिणाममुखी ल्याउने तरिकाले काम गरेर ‘हाम्रा प्रहरीसँग हामी’अभियान कैलालीमा सुरु भएको छ।

सुदूरपश्चिम सरकार: बिचौलियोको सेटिङमा बजेट बिनियोजन भएको भन्दै चर्को बिरोध

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागी प्रस्तुत गरेको बजेटको कमिसनको सेटिङमा योजना राखिएको भन्दै चर्को बिरोध भएको छ।

सेटिङमा मदिरा भारत तस्करी

बुधबार भारतीय शहर जयनगरबाट प्रहरीले मदिरासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गर्‍यो । पक्राउ परेका दुवैले आफूहरू नेपालबाट मदिरा भारत तस्करी गर्ने गरेको स्वीकारेका छन । उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्राण्डसहित नेपालमै उत्पादित ब्राण्डका मदिरा बरामद गरेका हुन ।

गाउँपालिकाको सेटिङमा ठेक्का

१० लाखको विकास निर्माणका कामको यसअघि अनलाइनमार्फत टेन्डर आह्वान (इबिडिङ) गरेको सहिद लखन गाउँपालिकाले ४३ लाखसम्मको ठेक्का अहिले बिना ‘इबिडिङ’ व्यवसायीलाई दिने अन्तिम तयारी गरेको छ।

अवैध क्रसर ‘प्रहरी सेटिङ’मा सञ्चालन

प्रशासन कार्यालयको निर्देशनअनुसार उक्त क्रसर उद्योग बन्द गराउनुपर्ने प्रहरी नै त्यो उद्योग नदेखेझैं गरिरहेको छ। क्रसर उद्योगीसँग प्रहरीको मिलेमतो रहेका कारण प्रशासनको निर्देशन पालना नभएको बताउँछन्।

‘ओलीको सेटिङमा अदालत फस्दैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले असंवैधानिक ढंगले विघटित प्रतिनिधिसभा पुनस्र्थापना हुने दाबी गरेका छन्।

अवैध क्रसर : दर्तादेखि संचालनसम्म सेटिङ

गैरकानुनी क्रसर उद्योगलाई कतैबाट कारबाही नभएपछि सञ्चालकहरु ‘डन’ बनेर विरोध गर्नेलाई धम्क्याउने गरेका छन्। विरोध गर्नेको ज्यानै लिन पनि उनीहरु पछि नपरेको अवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्