१० मंसिर २०८१ सोमबार
image/svg+xml

सेटिङका ठेक्का तोड्न सफल भइन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले ठूला निर्माण कार्य सञ्चालन गर्दा ठूला व्यवसायीलाई प्याकेजमा ठेक्का दिने प्रचलन मौलाएको बताएका छन्। व्यवसायी र सरकारका कर्मचारीबीच यस्ता प्याकेजकका ठेक्का दिनको लागि सेटिङ हुने गरेको पाईएको उनले बताए।

महिलाको खरिद–बिक्री?

केही समयअघिएक महिला दुबइको डान्सबारमा नृत्यकलाकारका रूपमा जान त्रिभुवन विमानस्थल पुगिन् । उनको हातमा दुबइको एउटा कम्पनीमा काम गर्ने भिसा थियो । उनी त्यहाँ पुग्ने समयमा, विमानस्थलमा रहेका प्रहरी र सरकारी अधिकारीबीच सेटिङ भएकाले उनी सरासर भित्र पसिन्।

यसरी हुन्थ्यो सेटिङ

अदालतमा आत्मसमर्पण गरी थुनामा परेका एसएसपी श्याम खत्रीले २०६८ सालदेखि नै सुन तस्करलाई लाइन मिलाउने काम गरेको खुलेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा रहँदा उनी सुन तस्करको सम्पर्कमा पुगेका हुन् । त्यसयता उनले नै तस्करलाई प्रहरीको लाइन मिलाउँदै आएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०७३ पुस २१ मा साढे ३३ किलो सुन बरामद गरेपछि सुनतस्करसँगको उनको सम्बन्ध खुलेको हो।

सेटिङ मिलाउने कर्मचारी वर्षौसम्म एउटै अड्डामा

विमानस्थल अध्यागमन कक्षका कर्मचारी सेटिङ मिलाएर सरुवा भएको ठाउँमा नगई साविककै कार्यालयमा बस्न सफल भएका पाइएको छ।गत चैतको सुरुमै सामान्य प्रशासन मन्त्रालयले एकै पटक सरुवा गरेका विमानस्थलको अध्यागमन कक्षमा कार्यरत ३२ जना अधिकृतमध्ये राजनीतिक सेटिङ मिलाउन सफल केही कर्मचारी सरुवा गरिएको ठाउँमा नजाँदा सेवाग्राही मर्कामा परेका छन् ।

सेटिङमा अवैध उत्खनन्

सिरहाको धनगडिमाई नगरपालिका ९ मा खानीको नाममा अनियन्त्रीत ग्राभेल उत्खन्न भैरहेको छ। जिल्ला समन्वय समितिबाट ईजाजत नलिई ग्राभेल उत्खन्न भैरहँदा पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

सेटिङ मिलाएर तस्करी गर्न खोज्ने भारतीय पक्राउ

सेटिङ मिलाएर सीमापारिबाट नेपालमा मालसामान भित्रयाउन खोज्ने एक जना भारतीय नागरिक आइतबार पक्राउ परेका छन्। भारत अररीया जिल्ला बासमतिया पञ्चायत वडा नं. ४ का ४९ बर्षीय विद्यानन्द साह जिल्ला प्रहरी कार्यालय सुनसरीबाट पक्राउ परेका हुन्।

सेटिङको तस्करी नियन्त्रणमा स्थानीय उत्रिए

सीमानाकामा हुने गरेको तस्करी नियन्त्रणमा यहाँका स्थानीयले सक्रियता देखाएका छन् । तस्करी रोक्न सरोकारवालाले चासो नदेखाएको भन्दै धनगढी उपमहानगरपालिका– २ का स्थानीय यसको नियन्त्रणमा जुटेका हुन्।

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित भारतीय कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रशासन मिलाएर जे गर्दा पनि सम्भव छ )। सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाइ लोकप्रिय बनेको छ । जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले सहजरुपमा भित्र्याउनु।

सुरक्षाकर्मीको सेटिङमा प्रतिबन्धित कुखुरा तस्करी

‘सुरक्षाकर्मी आ प्रशासन मिलला पर सब किछ सम्भव छै (सुरक्षाकर्मी र प्रसाशन मिलाएर जे गर्दा पनि सम्भव छ)’ सीमाक्षेत्रका नागरिकमाझ अचेल यो भनाई लोकप्रिय बनेको छ। जसको कारण हो सुरक्षाकर्मीकै उपस्थिति रहेको सीमानाकाबाट प्रतिबन्धित भारतीय कुखुरा तस्करले बेरोक भित्र्याउनु।

प्रहरीसँगको सेटिङमा तस्करी

‘प्रहरी मिलेपछि जे पनि सम्भव छ,’ सिरहाको दक्षिणवर्ती गाउँमा अचेल यो भनाइ चर्चित छ । भारतीय सीमा नाकाबाट बेरोकटोक तस्करले बिनाभन्सार सामान भित्र्याइरहँदा प्रहरी चुपचाप बसको पाइएपछि सर्वसाधारणले यस्तो धारणा व्यक्त गरेका हुन् ।

हुलाक सेवा विभागमा गुन्डागर्दी, सेटिङमा टेन्डर स्वीकृत

हुलाक सेवा विभागले माग गरेको ५० लाखभन्दा बढीको ठेक्का गुन्डा लगाएर सेटिङमा खुलाएको आरोप लागेको छ । मंगलबार अन्य कम्पनीका प्रतिनिधिलाई प्रवेशमा अवरोध गरी एउटा मात्रै कम्पनीको टेन्डर दर्ता गर्न दिइएको थियो । अन्य कम्पनीले सेटिङमा टेन्डर खुलाइएको आरोप लगाएका छन् ।

भन्सारको ‘सेटिङ’मै भित्रिन्छ सामान

करिब २० लाख मूल्य बराबरको ईलेक्ट्रिकल मेसिन बोकेको यूपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रक शनिबार बेलुका साढे ७ बजेतिर भन्सार पास नगराएरै नेपालगन्ज भित्रियो।

सिराहाका छोटी नाकाबाट सेटिङमा तस्करी

कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपालमा विना भन्सार सामान भित्र्याउँथे । समयसँगै अहिले तस्करीको तरिका पनि फेरिएको छ । पछिल्लो समय तस्करहरु दिउँसै भन्सार नतिरी सामान सहरमा भित्र्याउँछन् र पसल–पसलमा पुर्‍याउँछन् । कानुन पालना गर्न भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले नदेखेको जस्तो गर्छन् ।

अदालत सेटिङमा चल्न थाल्यो : ओली

डेढ वर्षअघि सर्वोच्च अदालतमा न्यायाधीस नियुक्त भएका ११ जनाविरुद्ध सर्वोच्चमा मुद्दा परेको भन्दै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा ओली अदालतको भूमिकाप्रति आक्रोशित भएका छन्। बुधबार नवलपुरको गैंडाकोटमा आयोजित पार्टीको आमसभामा बोल्दै अध्यक्ष ओलीले अदालत सेटिङमा चल्न थालेको भन्दै सच्चिन आग्रह गरे।

भैरहवा भन्सारमा सेटिङमा तस्करी, प्रज्ञापनपत्रमा भएभन्दा फरक सामान

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएको भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक सामान भन्सार पास भएको खुलेको छ। बिहीबार भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र नम्बर ५६७८७ र ५६७९७ मा ना६ख ५६३५ र ना४ख ४१२६ नम्बरका ट्रक  छुटेका थिए। तीमध्ये ना४ख ४१२६ नम्बरको ट्रक भन्सारको दुई नम्बर गेटबाट निस्कँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्