२६ आश्विन २०८१ शनिबार
image/svg+xml

सरकारी कार्यालयले खरिद एउटै सामानमा तीनथरी मूल्य

सरकारी कार्यालयमा दैनिक काम सञ्चालनका लागि आवश्यक सामान खरिदमा कर्मचारीहरूले बजार मूल्यभन्दा तेब्बरसम्मको मूल्य पेस गरी भुक्तानी लिने गरेको पाइएको छ।

‘अपराधी पक्राउ गर्न सरकार असफल’

अन्तर पार्टी महिला सञ्जालले बलात्कार, हत्या हिंसा र विभेदका घट्नामा संलग्न दोषीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सरकार असफल भएको आरोप लगाएको छ। सोमबार रिपोर्टर्स क्लबमा अन्तरपार्टी महिला सञ्जालले पत्रकार सम्मेलन गरेर बलात्कार, हत्या हिँसामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नमा सरकार चुकेको आरोप लगाएको हो।

सुशासनको अपेक्षा गर्ने अवस्था सकियाे – थापा

कांग्रेस केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारबाट सुशासनको अपेक्षा गर्न सक्ने अवस्था सकिएकोे बताएका छन्।

दसैंको मुखमा सरकारले बढायो गाडीभाडा

सरकारले यातायात व्यवसायीसँग सौदाबाजी गरेर दसैंको मुखमा सवारीसाधनमा १० प्रतिशत भाडा बढाएको छ।

राजनीतिक होइन, व्यावसायिक नेतृत्व आवश्यक

संघीय सरकारका खेलपदाधिकारीहरू यति बेला नयाँ खेलकुद ऐन बनाउन जोडतोडका साथ लागिरहेका छन्।

अधिनायकवादको लोकप्रियता

तामिलनाडुको तूतुकुडीमा अनुसन्धानकर्ता लोइस सोफियालाई भदौ १८ गते प्रहरीले गिरफ्तार ग-यो। उनीमाथिको अभियोग थियो– भारतीय जनता पार्टीको सरकारविरुद्ध नाराबाजी गरेको।

सरकारलार्इ कांग्रेस प्रवक्ताकाे प्रश्नः बामदेव गाैतम कहाँबाट चुनाव लड्ने हुन ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारको जनमत खस्किसकेको दाबी गरेका छन्। नेपाल प्रेस युनियन बाँकेले शनिबार नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा उनले जनमत खस्किसकेको सरकारलाई समयमै सच्चिन सुझाव दिए।

सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति, हड्ताल फिर्ता

सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति भएको छ। मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुरका प्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार ८ बुँदे सहमति भएको हो। सहमतिसँगै यातायात मजदुरले हड्ताल फिर्ता लिएर सवारी चलाउन सुरु गरेका छन्।

जलविद्युत् आयोजनालाई स्थानीय सरकारको सर्त

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिकाले प्रभावित क्षेत्रका स्थानीयलाई दिइने सेवा सुविधा सुनिश्चित गरेर साप्सुखोला जलविद्युत् आयोजनाको काम अघि बढाउन माग गरेको छ।

प्रियतावादी राष्ट्रवादको प्रकोप

सेप्टेम्बर महिनाको तेस्रो साता वीरगञ्ज सामान्यजस्तै देखिनु असामान्यजस्तै लाग्छ । असोज ३ का दिन पनि सहरमा सवारी चालकहरूको हडताल जारी छ । त्यसैले मूल बाटोमा समेत गाडीको चाप न्यून छ ।

प्रदेशका मन्त्रीको आरोप : केन्द्रले प्रदेशको अधिकार रोक्यो

एक नम्बर प्रदेश सरकारले पनि संघीय सरकारप्रति सार्वजनिक रुपमै  असन्तोष  प्रकट गर्न थालेको छ। एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पनि आलोचना गर्न थालेका छन्। नेकपा सम्बद्ध मन्त्रीले नै संघीय सरकारको कार्यशैलीको तिखो आलोचना गर्दै कडा असन्तोष प्रकट गरेका हुन् ।

काम नगर्ने पप्पुलाई सरकारकै संरक्षण

गत माघमा सिध्याउनुपर्ने त्रिशूली नदीमाथिको पक्की पुल ३० प्रतिशत मात्रै निर्माण गरेर अलपत्र छाड्ने पप्पु कन्ट्रक्सनलाई सडक विभाग र आयोजनाले ठेक्का लम्ब्याउन नयाँ जुक्ति सिकाएका छन्।

दुई तिहाईको सरकार नालायक : केसी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले दुई तिहाईको सरकार भएरपनि हत्या हिंसा रोक्न नसकेको भन्दै नालायक सरकारको संज्ञा दिएका छन्। दशैभर ३ बर्षिया बालिकादेखि ८३ बर्षिय बृद्धासम्म बलात्कृत हुँदा पनि दुई तिहाईको सरकारले अपराधी पत्ता लगाउन नसक्नु नालयकीपन भएको उनको भनाई छ। ‘प्रधानमन्त्री अरिंगाल बन्ने भन्दै हुनुहुन्छ तर एउटा अपराधी तीन महिनादेखि पत्ता लाग्दैन’, उनले प्रश्न गरे।

सरकारलाई कांग्रेसका ११ प्रश्न, संघीयता कमजोर बनाएको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संघीयता कमजोर बनाएको आरोप लगाएको छ। संविधान दिवसका अवसरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले संघीयतासहितको संविधान बनेको तथा निर्वाचनमार्फत प्रदेश सरकार गठन भइसक्दा पनि संघीयतालाई बलियो बनाउने ढंगले केन्द्रीय सरकारले ईच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको आरोप लगाए।

खर्चभन्दा राजस्व बढी

सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खर्चभन्दा बढी राजस्व संकलन गरेको छ । भदौ मसान्तसम्ममा एक खर्ब २० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले यो अवधिमा एक खर्ब तीन अर्ब रुपैयाँ खर्च गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्