८ आश्विन २०८१ मंगलबार
image/svg+xml

जबर्जस्ती विवाह गर्ने परिवारको निर्णयविरुद्धमा मुस्लिम किशोरी

कक्षा सात पूरा गरेलगत्तै पढाई रोकेर जबर्जस्ती विवाह गरिदिने परिवारको प्रस्ताव अस्वीकार गरेकी सुनसरी दुहवीका मुस्लिम किशोरीले सुरक्षाको माग गरेकी छन्।

बलात्कारको घटना मिलाउने जनप्रतिनिधि

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार बलात्कार गर्ने आरोप लागेका जेठाजु पुर्पक्षका लागि जेल चलान भएका छन् भने वडा सदस्यलाई एक लाख ५० हजार धरौटीमा छोडिएको छ।

किशोरकिशोरीलाई अवसर

अहिले आवेदन खुला भएको र आयोजकले नेपालभरिमा विभिन्न स्कुलमा अनलाइनमार्फत अभिमुखीकरण सञ्चालन गरिरहेको जनाएको छ। नेपालमा ७७ जिल्ला पुग्ने लक्ष्य राखेका ग्लोकल टिन हिरोले किशोरकिशोरीको ऊर्जा देख्दा थप प्रोत्साहित भएको अनुभव गर्छन्।

बलात्कार आरोपमा सिरहाका व्यापारी पक्राउ

धनगढीमाई नगरपालिका–९को कौशल एग्रो ट्रेडर्स(राइस मिल)का संचालक महेश साहलाई जवरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दहालले बताए।

बालविवाह विरुद्ध किशोरी

सचेतना कक्षाबाट बालविवाहबाट हुने हानीनोक्सानीका बारेमा बुझेपछि बालविवाह लगायत सामाजिक कुसंस्कार विरुद्ध लाग्न सहज भएको शिवनाथ गाउँपालिका–५ की सोनिया पार्कीले बताइन्। अशिक्षा, सामाजिक परम्परा, सामाजिक सञ्जालको प्रभाव, कानुनी ज्ञानको अभावमा जिल्ला बालविवाह घट्न सकेको छैन।

'म हिंसा सहन्न, आत्मरक्षा गर्न सक्छु'

दिनहुँजसो ठाउँ–ठाउँमा भएका हिंसा र दुर्व्यवहारका घटना सुन्दै आइरहेकी त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ की सिम्रिका गिरीलाई मनमा धेरै डर लाग्थ्यो । सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत गिरी आफूमाथि, छरछिमेकमा यस्ता घटना भइहाले कसरी प्रतिकार्य गर्ने भन्ने अन्यौलमा थिइन् ।

महोत्तरीबाट बेपत्ता ७ किशोरी भारतको सीतामढीबाट उद्वार

उद्वार गरिएकाहरुमा धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान रहेका छन्।

घाँस काट्न गएका ७ किशोरी बेपत्ता, अपहरणको आशङ्का

सम्पर्कविहीन भएका सातैजना हाँसीखुशी घाँस काट्न मङ्गलबार दिउँसो १ बजेतिर घरबाट समूहमै निस्केका अभिभावकको भनाइ छ। 'सबै हाँस्दै निस्केका थिए, साँझ घर नफर्केपछि चिन्ता बढ्यो', अस्मिताका पिता बद्री पासवानले भने,'घरमा कुनै भनाभन वा रिसाउने केही भएको थिएन।'

मोबाइल पड्किँदा किशोरीको मृत्यु

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो।

भागरथी हत्या प्रकरण: आरोपितलाई सुधारगृह पठाउन आदेश

अदालतले दिनेशलाई १८ वर्ष नपुगेकाले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। थुनछेक बहसपछि जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले पुर्पक्षका लागि सुधारगृह पठाउन आदेश दिएको हो।

बालविवाह गरेको अभियोगमा बेहुला र उनका बुबा पक्राउ

नियन्त्रणमा लिइएका बेहुला र उनका बाबुलाई शुक्रबार नै पर्सा जिल्ला अदालतमा उपस्थित गराई बाल विवाहसम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले सात दिनको म्याद बुझेको बताए।मुद्दा अनुसन्धानकै क्रममा रहेकाले पक्राउ परेका बाबु, छोराको नाम सार्वजनिक नगरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए।

भारतमा नेपाली किशोरी हत्या प्रकरणः उच्चस्तरीय जाँच सुरु, थाना प्रमुख निलम्बित

नेपालसँग जोडिएको सीमावर्ती भारतीय जिल्ला पूर्वी चम्पारणको कुण्डवा चैनपुर बजारमा एक १३ वर्षीया नेपाली चेलीको सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा उच्चस्तरीय जाँच सुरु भएको छ । गत माघ ८ भएको सो घटनामा पूर्वी चम्पारण जिल्लाको पुलिस कार्यालयद्वारा शिकरहना क्षेत्रका ‘डेपुटी सुपरिटेन्डेन्ट अफ पुलिस’ शिवेन्द्रकुमार अनुभवीको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीले बिहीबार घट्नास्थलको विशेष जाँचबुझ गरेको छ ।

बैतडीमा किशोरीको विभत्स हत्या, बलात्कार गरेर हत्या गरिएको आशंका

बैतडीमा एक किशोरीको बिभत्स हत्या गरिएको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बिभत्स हत्या गरिएको हो । बलत्कार पछि हत्या गरिएको आशंका गरिएको छ ।

किशोरी बलात्कार प्रकरणमा दुईजना पक्राउ

बैतडीमा सुनको प्रलोभनमा बलात्कार घटना सामसुम पार्न खोज्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्