४ वैशाख २०८१ मंगलबार
समाज

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २५ वर्षीय धनजीत राई र ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३३ वर्षीय चन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । 

बिहिबार राती १० बजे दिक्तेलबजारको रत्नपार्कमा यौन दुर्व्यवहार गरेको भन्दै अन्दाजी १५ १६ वर्षकी किशोरीले सामुदायिक प्रहरी सेवा केन्द्र दिक्तेलमा दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ आश्विन २०७७ ०३:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App