७ वैशाख २०८१ शुक्रबार
समाज

घाँस काट्न गएका ७ किशोरी बेपत्ता, अपहरणको आशङ्का

मंगलबारबाट सम्पर्कविहीन महोतरीको भंगहा नगरपाकिला ८ पासवान टोलकी सात किशोरीहरु । तस्बिरःनागरिक

महोत्तरीको भंगहा नगरपालिका –८ धर्मपुरको पासवान टोलबाट घाँस काट्न चौरीतर्फ गएका सातजना किशोरीहरु मंगलबारबाट परिवारको  सम्पर्कमा छैनन् । हराइरहेका उनीको खोजीमा प्रहरीसँगै आफन्तहरु जुटेका छन । सम्पर्क विहीन किशोरीहरु अझै फेला पर्न नसकेको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

सातैजना किशोरीहरु चौरी क्षेत्रमा घाँस काट्न गएको र घर नफर्केको एसपी आचार्यले बताए । मंगलबार राती किशोरीहरुको परिवारबाट जानकारी पाएपछि खोजीमा प्रहरी परिचालन गरिएको उनले बताए । खोजीमा खटिएको प्रहरीले किशोरीहरुलाई भेटाइसकेको छैन उनले नागरिकसँग भने,‘भारतीय सहर सीतामढीको रेल्वे स्टेसन क्षेत्रमा किशोरीहरु भेटिएको सूचना प्राप्त भएको छ । प्रहरीको टोली घटनास्थल पुगेर सूचना पुष्टि गरिसकेपछि मात्र यकीन बताउन सकिन्छ । किशोरी फेला परेको भनिएको रेलवे स्टेसन महोत्तरीको जलेश्वरबाट करिब ४० किलोमिटरको दुरीमा छ । अहिलेसम्म किशोरीहरु सम्पर्कविहीन छन् । उनीहरुको अवस्था अज्ञान छ भनु ।’

हामीले दुई कोणबाट घटना अनुसन्धान गरिरहेका छौं । एउटा त उनीहरु आफैं कतै गए कि भन्ने छ । अर्को उनीहरुलाई बलजफ्ती वा ललाइफकाई कसैले लग्यो एसपी आचार्यले भने,‘पहिलो प्राथमिकता किशोरीहरुको खोजी हो । उनीहरु फेला परिसकेपछि घटनाको तथ्य खुल्छ । हामी सोही अनुसार थप अनुसन्धान अघि बढाउँछौं ।’

सम्पर्क विहीन हुनेहरु एउटै टोल भंगहा नगरपालिका – ८ पासवान टोलका बद्री पासमानकी १८ वर्षीया छोरी अस्मिता पासमान, विष्णु पासमानकी १३ वर्षीया छोरी ज्योती पासमान, अरविन्द पासमानकी १२ वर्षीया छोरी अर्चना पासमान, विजय पासमानकी १४ वर्षीया छोरी रंजना पासमान, ज्ञानकुमार पासमानकी १५ वर्षीया छोरी रिया पासमान, कृष्ण पासमानकी १८ वर्षीया छोरी नगिना पासमान र देवनन्दन पासमानकी  १० वर्षिया छोरी सिमा पासमान रहेका छन् ।

प्रकाशित: १८ चैत्र २०७७ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App