१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपतिद्वारा सपथ सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ सम्बन्धी अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले दुई अध्यादेश जारी गरकी छन्।

प्रधानमन्त्रीको सपथ

आफैँले संसद्को विशेष अधिवेशन बोलाइ लिएको विश्वासको मतमा असफल हुँदाहुँदै राजीनामा दिने नैतिकता नदेखाइ लिएको सपथ ग्रहण हो यो।

ओबामाले दोहोर्‍याएका थिए सपथ

उनलाई सपथ ग्रहण गराइरहेका अमेरिकी सर्वाेच्च अदालतका मुख्य न्यायाधीश जोन रोबर्टसले सपथ ग्रहण गराइरहँदा शब्द उच्चारणमा सिलसिला नमिलाएका कारण ओबामाको पहिलो सपथ ग्रहणले वैधता पाएको थिएन। त्यसपछि उनले दोस्रो पटक सपथ लिनुपरेको थियो।

प्रधानमन्त्रीको पुनः सपथ मागसहित रिट

ओलीले तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भई सपथ लिने क्रममा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गरेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सपथको क्रममा ‘प्रतिज्ञा गर्छु’ दोहोर्‍याउँदा पनि प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भन्ने उत्तर दिएका थिए। यसबाट राष्ट्रपतिको पनि मानमर्दन भएको भन्दै रिटमा पुनः सपथ गराउन आदेश माग गरिएको छ।

प्रधानमन्त्रीकाे सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

सपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले उक्त शब्द उच्चारण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः उच्चारण गर्न आग्रह गरेकी थिइन्। तर प्रधानमन्त्री ओलीले असहज लाग्नेगरी ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काएका थिए।

केपी शर्मा ओलीद्वारा प्रधानमन्त्री पदको सपथ

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन्। शितल निवासमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले सपथ लिएका हुन्। बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संविधानको धारा ७६ को ३ अनुसार अल्पमतको प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

विवादकैबीच पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा लगेर खाए सपथ

अन्ततः विवादकैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नै कार्यालयमा सपथ ग्रहण गरेका छन्।

वाग्मती प्रदेशको मन्त्रालयले बल्ल पायो मन्त्री

वाग्मती प्रदेशको चार महिनादेखि मन्त्रीविहीन रहेको तीन मन्त्रालयले मन्त्री पाएको छ। नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ।

पदमुक्त मन्त्रीहरुले पुनः सपथ लिए

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा फ्लोर क्रस गरेर विश्वासको मत दिएर पदमुक्त भएका तीनजना मन्त्रीहरुले पुनः सपथ लिएका छन् । बुधबार नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराए हुन् ।

संवैधानिक निकायका पदाधिकारीको शपथमा उपराष्ट्रपति र सभामुख अनुपस्थित

संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख अनुपस्थित भएका छन्।

अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा बाइडेनले सपथ लिँदै

अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले बुधबारदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्दै छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा विजयी हासिल गरेका उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो ।

कोरोनाको नाममा सपथ, चेकजाँच गर्न घरदैलोमै स्वास्थ्यकर्मी

स्वास्थ्यकर्मीले हातमा कोरोना भाइरस रोकथाम सम्बन्धि लेखिएको जनस्वास्थ्यका मापदण्ड समातेर बसेका छन्। नजिक स्थानीयबासीले जनप्रतिनिधिसहितको उपस्थितीमा कोरोना भाइरसविरुद्धको अभियानमा साथ दिने, संक्रमणबाट जोगिने सबै मापदण्डको पालना गर्ने,गराउने भन्दै सपथ खादैछन्।

कुवेतका नयाँ अमिरको सपथ ग्रहण सम्पन्न

कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गरेका छन्।

संसद सचिवालयका महासचिव गौतमले लिए सपथ

संसद सचिवालयका महासचिव भरतराज गौतमले पद तथा गोपनियताको सपथ लिएका छन्। सोमबार संसदको महासचिवमा नियुक्त भएका गौतमले मंगलबार पद तथा गोपनियताको सपथ लिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्