२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

पदमुक्त मन्त्रीहरुले पुनः सपथ लिए

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा फ्लोर क्रस गरेर विश्वासको मत दिएर पदमुक्त भएका तीनजना मन्त्रीहरुले पुनः सपथ लिएका छन् । बुधबार नवनियुक्त मन्त्रीहरू नन्दसिङ बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई एक समारोहका बीच प्रदेश प्रमुख गोविन्द कलौनीले पद तथा गोपनीयताको सपथ गराए हुन् ।

बुढा उद्योग, पर्यटन, वन तथा वातावरण, थापा भौतिक पूर्वाधार विकास र कुर्मराज शाही भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको सपथ खाएका प्रदेश सरकारले जनाएको छ । ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि दलको ह्वीप उल्लंघन गरेको भन्दै नेकपा एमालेले तीन मन्त्रीसहित प्रकाश ज्वालालाई दल त्यागसम्बन्धी कारबाही गरेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो ।  

उक्त विषय सभामुख राजबहादुर शाहीले संसद्लाई जानकारी गराएपछि चारजना सांसदको पद रिक्त भएको थियो । सांसद पद रिक्त भएसँगै तीनजना मन्त्रीहरु पदमुक्त भएक थिए । अब उनीहरु सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने प्रावधान छ ।

प्रकाशित: १५ वैशाख २०७८ ११:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App