२१ आश्विन २०८१ सोमबार
image/svg+xml

यसरी काम गर्थ्यौं कम्युनिस्टहरू

मजस्ता दुई वर्षमा एक वर्ष मात्र परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई पनि निकै माया गर्ने, किनभने शिक्षामा सुधार हुनुपर्‍यो, अंग्रेजी फाँटका शिक्षकले पाएसरहको तलबभत्ता र सुविधा संस्कृतका शिक्षकले पनि पाउनुपर्‍यो भनी हामी आन्दोलन गर्थ्यौं। नाटकमा पात्र भई अभिनय गर्थ्यौं। शिक्षामन्त्री लगायतसँग भेट्थ्यौँ।

कम्युनिस्ट एकता जोगाउन बृहत् गठबन्धन हुन्छ: नेता नेपाल

नेता नेपालले ओली प्रवृत्तिलाई परास्त गर्न आफूहरूले अब देशव्यापी समानान्तर कमिटी बनाउने जानकारी दिए। अब वडा, पालिका, जिल्ला, प्रदेशसम्म समानान्तर कमिटी बन्ने उनले बताए। महिला, दलित, युवा, आदिवासी, जनजाति, अनेरास्ववियुलगायतका समानान्तर कमिटी बन्ने उनले बताए।

‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्दै ओली’

एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ। अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेपछि मंगलबार बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

जसपासँग दाहालको प्रस्तावः सरकार र चुनावमा सहकार्य गरौं

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।

त्यो बेला र यो बेला

रामायणमा त्यो बेला अन्योल थियो । रावणद्वारा सीता हरण भइसकेको थियो । राम र लक्ष्मण सुग्रिवसित थिए । सुग्रिवले आफ्ना सबै बाँदर सेनालाई सीताको खोजी गर्न चारै दिशा पठाइसकेका थिए । हनुमान, जाम्बवान र अंगद भएको टोली दक्षिण दिशातिर लागेका थिए । समुद्रको किनार आइपुग्यो । तर सीताको पत्तो लागेन ।

एमाले ब्युँतिएपछिको प्रश्नः के हुन्छन् पुस ५ पछिका मनोनयन ?

नेकपा एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित युवराज ज्ञवाली एमाले र माओवादी केन्द्रको एकीकरणपछि कम्युनिस्ट राजनीतिमा निस्क्रिय जस्तै बन्न पुगे। एकीकरणपछि बनेको नेकपामा उनी अग्रपंतिका नेताको सूचीमा अटाउन सकेनन्। फलतः उनको राजनीतिक सक्रियता पनि ह्वात्तै घट्यो। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि माधवकुमार नेपाल समूहका ज्ञवाली यो समूहको प्रदेश नेतृत्वकर्ताका रूपमा छानिए।

नयाँ गठबन्धन कसरत

४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।

एमाले र माओवादीको दुई दलीय अधिनायकवाद लाद्ने गुरु योजना असफल : ऋषि कट्टेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतको निर्णयले दुई दलीय अधिनायकवाद लाद्ने गुरुयोजना असफल पारिदिएको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी नामको दुःख

दलगतरूपमा नेपालमा कम्युनिस्ट पार्टीको दुःख रहेन तर नेपाल कम्युनिस्ट पार्टीका दुःख भने सकिने भएनन्। एउटा नेपाल कम्युनिस्ट पार्टी दुइटा गुटमा सत्तामा छ। अर्को नेपाल कम्युनिस्ट पार्टी शान्ति वार्ता गर्ने भनेर सरकारसँग सम्झौता गरेर बसेको छ। र, अर्को नेपाल कम्युनिस्ट पार्टीले आइतबार मात्र अदालतमा न्याय पाएको महसुस गरेको छ। यो दुःखले सरकारी लगानीको राइजिङ नेपाल नामको अंग्रेजी अखवारका सम्पादकलाई पनि छाडेनछ।

संसद् अवरोध हुने संकेत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने/नदिने भन्नेबारे छलफल गरिरहेको छ। सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताका रूपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ।

नेकपा नाम विवादको टुंगो भोलि

विवादमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नामको विषयमा सर्वोच्च अदालतले फागुन २३ गते निर्णय सुनाउने भएको छ । बिहीबार निर्णय सुनाउने भनिए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले सारिएको हो ।

फेरि आयोग पुग्यो दाहाल–नेपाल समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह आधिकारिकता दाबी गर्दै दोस्रोपटक निर्वाचन आयोग पुगेको छ। सो समूहले यसअघि गरेको आधिकारिकता दाबीसम्बन्धी प्रक्रिया हदम्याद समाप्त भएका कारण अघि बढ्न नसकेपछि फेरि शुक्रबार आयोगमा पुगेर आधिकारिकता मागसम्बन्धी पत्र बुझाएको छ। उक्त समूहले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता माग गरेको हो।

शान्तिपूर्ण मार्गमा हिँड्ने विप्लवको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार शान्तिपूर्ण राजनीतिमा पौडिन आएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति प्रशंसाका शब्दहरू समर्पण गरे। उनीभन्दा अघि बोलेका महासचिव चन्दले ‘घाम र जुनको पनि भेट हुने रैछ’ भन्दै आफूहरूले शान्तिपूर्ण राजनीतिक बाटो रोजेको बताएका थिए। ओलीले विप्लवसँग सहमति रातारात नभएको उल्लेख गर्दै त्यसका लागि पहिलेदेखि नै संवाद हुँदै आएको स्पष्ट पारे।

नेकपा पार्टी आधिकारिताको निर्णय आइतबार

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी दल कस्को भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ। न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले यही फागुन २३ गते आइतबार उक्त विवादको निर्णय सुनाउने भएको हो।

नेकपा विवाद निरूपण प्रक्रिया अघि बढ्ने

निर्वाचन आायोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवाद निरूपण गर्न छिट्टै प्रक्रिया अघि बढाउने भएको छ। गत पुस ५ गते प्रतिनिधिसभा विघटनको निर्णयसँगै राजनीतिक रूपमा विभाजित नेकपाभित्र केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहबीच देखिएको आधिकारिकताको विवाद निरूपण गर्न आयोगले प्रक्रिया अघि बढाउने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्