२१ आश्विन २०८१ सोमबार
image/svg+xml

के हो समाजवाद ?

विश्वमा समाजवादको कुनै निर्विवाद परिभाषा नहुनु, विभिन्न ऐतिहासिक घटनाक्रमको विशिष्ट योगले ‘कम्युनिस्ट’हरू सत्तासीन हुनु, छाडा बजारको शक्ति भने झन्झन् बढ्दै जानु आदिका कारण यो प्रश्नको उत्तर सजिलो पक्कै छैन।

कम्युनिस्टहरूको कार्यभार

परिवर्तन आफैंबाट सुरु गरी पहिले आफूबदलिने, संगठन बदल्ने र समाज बदल्ने प्रक्रिया नै क्रान्ति हो। ‘समृद्ध नेपाल ः सुखी नेपाली’ आजको क्रान्तिको अभिभारा हो।

कम्युनिस्ट सरकारको करामत

नेपालमा अहिले संसदीय व्यवस्थामा माक्र्सवाद प्रयोग भएको छ। संसदीय व्यवस्थाबाटै समाजवादी समाज निर्माण गर्न सकिन्छ भन्ने माक्र्सवादविरोधी अभ्यास नेकपाले सुरु गरेको देखिन्छ। यसले चुनावबाटै समाजवाद ल्याउछौं भनिरहेको छ। एमाले–माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाले समाजवादको नारा दिइरहेको छ।

'मार्क्स फर्किए' : इतिहास र दर्शनको खोजी

भौतिकवाद भन्छ, 'आत्माको पुनरावृत्ति सम्भव छैन।' त्यसको ठिक विपरित छ अध्यात्मवाद। यो त दर्शनको कुरा भयो। तर कला, सहित्य र विचारमा भने त्यो पुनरागमन भैनै रहन्छ। त्यसैले त सन् १९९९ मा अमेरिकी लेखक तथा इतिहासकार हवार्ड जीनले ‘मार्क्स इन सोहो' लेखे। हावार्ड जीनले यो नाटक लेखिरहँदा जर्मन दार्शनिक मार्क्स जन्मिएको १८१ वर्ष पुगिसकेको थियो।

बिआरआईका प्रभाव

चीनले कम्युनिस्ट पार्टी स्थापना भएको सय वर्ष पूरा हुने सन् २०२१ सम्ममा आफ्नो देशमा गरिबी अन्त्य गर्ने योजना बनाएको छ। साथै जनवादी गणतन्त्र चीन स्थापना भएको सय वर्ष पूरा हुने सन् २०४९ सम्ममा आधुनिक समाजवादी मुलुकसहित सबै तहमा मध्यम तहको समृद्ध समाज बनाउने अठोट गरेको छ। यो योजना पूरा गर्न चिनियाँ कम्युनिस्ट पार्टीको १९औं महाधिवेशनमा महासचिव सी चिनफिङबाट नयाँ युगमा चिनियाँ विशेषतासहित समाजवादको विचार आएको छ। जसलाई ‘सी चिनफिङ विचार’ भनिन्छ। यसअन्तर्गत परिवर्तित विश्वको नेतृत्व गर्न बेल्ड एन्ड रोड इनिसिएटिभ (बिआरआई) जस्ता योजना ल्याइएका छन्।

सरकारमा ‘आलोचक’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका कामप्रति बारम्बार असन्तुष्टि व्यक्त गर्दै आएका सोही दलका दुई नेता अहिले सरकारमा सहभागी भएका छन्। नेताहरू घनश्याम भुसाल र योगेश भट्टराईले प्रतिपक्षीले जस्तो सरकारका गतिविधिको विरोध गर्दै आएका थिए। यति बेला उनीहरु दुवैजना सरकारमा सहभागी भएका छन्।

निर्वाचन : आत्मसमीक्षाको अवसर

नेपाल कम्युनिस्ट पार्टीको सरकार दिन÷प्रतिदिन नियन्त्रणकारी हुँदै गएको छ। सैनिक तानाशाही, एकदलीय वा निर्दलीय अधिनायकवादी सत्तालाई बिर्साउने गरी सरकार कानुन तर्जुमा गर्न प्रतिबद्ध देखिन्छ। यो सरकारले सबैभन्दा ठूलो वर्ग दुश्मन अभिव्यक्ति स्वतन्त्रतालाई देख्न लागेको छ।

ठूलालाई पनि ऐन !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसभामुख कृष्णबहादुर महराले गम्भीर गल्ती गरेको सार्वजनिक अभिव्यक्ति दिएका छन्।

महराको नैतिक गल्ती : दाहाल

बुधवार दाङ आएका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का कपाका अध्यक्ष पुष्पकमल दाहालले महरा प्रकरणबारे पहिलोपटक मुख खोलेका छन्। उनले महराले गल्ती गरेको उल्लेख गर्दै भने, ‘महराजीको आपराधिक गल्ती भने हैन, नैतिक खालको गल्ती, आचारसँग सम्बन्धित गल्ती हो भन्ने देखिइसकेको छ।,’ प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार सम्मेलनमा दाहालले यो प्रकरणमा महरा दोषी रहेको दाबी हुनाले गल्तीको सजाय पाउनुपर्ने पनि उल्लेख गरे।

हामी कम्युनिस्टहरु धर्म मान्छौं, आघात पार्ने काम कसैले गर्न हुँदैनः उपप्रम पोखरेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले धर्मलाई सत्तासँग जोडेर नहेर्न आग्रह गरेका छन्।

'मिर्गौलामा समस्या आयो'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बाहिर हल्ला भएजस्तो गम्भीर नभएको तर मिर्गौलामा समस्या आएको बताएका छन्। नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

कास्की–२ मा नेकपाबाट विद्या

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । नेकपा कास्कीको शुक्रबार बसेको बैठकले संघीय प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ गते हुने उपनिर्वाचनमा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय सर्वसम्मतबाट गरेको हो ।

कांग्रेस नेताहरुको आरोप : सरकार कम्युनिस्ट सत्ता निर्माणमा लाग्यो

नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिस्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन्।

नयाँ सभामुख चयन प्रक्रियामा अन्योल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र नयाँ सभामुखको उम्मेदवार टुंगो लाग्न नसक्दा रिक्त सभामुख चयन प्रक्रिया अन्योलमा परेको छ। नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच यसविषयमा छलफल भए पनि कसलाई उम्मेदवार बनाउने विषयमा कसैले प्रस्ताव गरेका छैनन्। तर, सभामुखको बनाउने विषयमा तत्कालीन एमाले र माओवादी तर्फका नेताबाट आ–आफ्नो तरिकाले पार्टी भित्र लबिङ सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्